अन्तर्वार्ता के तपाईं सँग ज्ञान छ : अर्जुन दाहाल

अन्तर्वार्ता

 

ढाका टोपी धल्काउँदै

लमक लमक गर्दै,

उ हिढ्यो

अन्तर्वार्ता दिन

शिक्षकको जागिर खानलाई

कार्यालयमा उसलाई हाकिम साबले सोधे

“के तपाईं सँग सर्टिफिकेट छ ?”

उसले जवाफ दियो

“छैन”

उसलाई पुनः प्रश्न सोधियो

“के तपाईं सँग अनुभव छ ?”

उसले सोध्यो

“धेरै छैन”

उसलाई फेरि सोधियो

“के तपाईं सँग ज्ञान छ? ”

उसले भन्यो “थोरै छ”

“तपाईंको ज्ञान सर्टिफिकेटमा देखिएन नि, किन?”

उसले जवाफ दियो, “मैले शिक्षामा विश्वास गरें, सर्टिफिकेटमा होइन”

उसलाई फेरि सोधियो,

“आफ्नो ज्ञान कसरी देखाउनु हुन्छ?”

उसले जवाफ दियो,

“मैले लेख रचना प्रकाशित गरेको छु ”

पुनः उसलाई प्रश्न गरियो,

“तपाईलाई के मा रुचि छ?”

उसले जवाफ दियो,

“अनुसन्धानमा”

अनि तपाईं के को आधारमा जागिर माग्दै हुनुन्छ

उसले हाँसेर उत्तर दियो,

” भनिहाले नि, मैले लेख रचना छापेको छु”

उसलाई हाँएर जवाफ दिइयो,

“लेख रचनाको मुल्य नेपालमा बुझ्ने भए,

नेपालले बिकाशमा फड्को मारिसक्थ्यो”

उसले पनि हाँसेर जवाफ दियो,

“लेख रचनाको मूल्य नबुझ्नेले होइन

बुझेर पनि अबमुल्याङ्कन गर्नेले गर्दा हो,

नेपालको बिकाश नभएको,

किनकी जन्म जात शिक्षा र अनुभव पाएका

भगवानलाई पनि उनको उत्त्पती कसले गर्यो भन्ने थाहा छैन ।”

 

नाम: अर्जुन दाहाल

ठेगानाः गौरादह–३, झापा

सम्बन्धित समाचार