Nepali Janata Khabar

हार्हिक बधाई च्याम्पियनसिप फुटबलमा पहिलोपटक नेपाल फाइनलमा


काठमाडौं, २७ असोज । नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज बङ्गलादेशविरुद्ध महत्वपूर्ण खेलमा बराबरी गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो ।

राउन्ड रोबिनका आधारमा खेलाइएको खेलमा नेपालका लागि बराबरी पर्याप्त थियो । खेलको नवौं मिनेटमा नेपाल १-० ले पछि परेको थियो । तर, खेलको अन्ततिर अञ्जन बिष्टले पेनाल्टीमार्फत् गोल गरी टोलीलाई फाइनलमा पुर्याएका थिए ।

खेलको अन्ततिर बङ्गलादेशका खेलाडी रातो कार्ड खाएर बाहिरिएका थिए । त्यसपछि नेपाल खेलमा झन् हावी भएको थियो ।