Nepali Janata Khabar

नेकपा एमालेद्वरा धोबिनी गाउँपालिका का भक्तजन हरुलाई प्रसाद र नगद सहयोग 


राजन कुमार बानिया

पर्सा

नेकपा एमाले ले अाज पर्साको धोबिनी गाउँपालिकामा भईरहेको दुर्गा पुजा ,एव नवरात्र गरिरहेका पंडालमा पुगी नगद सहयोग गरेका छन।

बिजयादशमीको अवसरमा दुर्गा पुजा र नवरात्री रहेका भक्तजन हरुलाई पुजा पाठ्य गर्नको लागि केही नगद समेत बितरण गरिएको आई टि.आर्मी पर्साका अध्यक्ष संतोष पटेलले जनाएका छन।

धोबिनी गाउँपालिका नेकपा एमालेका नेता कार्यकर्ता हरुले मोटरसाइकल रैली सहित गाउँपालिकाको पाचै वडा लंगडी ,बखरी, गुलरिया, हरिहरपुर, भिखमपुर, घोडदौरापिपरा , अास्वारी धोबिनी, जगरनाथपुर लगाएतमा भई रहेको दुर्गा पुजा, र नवरात्री का भक्तजनहरु संग भेटघाट गर्दै नगद बितरण गरिएको छ ।

बितरण कार्यक्रममा नेकपा एमाले का जिल्ला सदस्य सुरेश पटेल, सदाम अहमद, अमिका प्रसाद कुर्मी, संतोष पटेल, बिरेन्द्र साह,सुनिल गुप्ता, अबास मियाँ , एनुल मियाँ , लगायत सयौको संख्यामा मोटरसाइकल र नेता कार्यक्रता हरुको सहभागीता रहेको थियोे ।