Nepali Janata Khabar

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भने प्रचण्डको चेतावनी पराजित मानसिकताको उपज


चितवन, असोज २६–
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जनताको इच्छाबेगर एमालेलाई संसदबाट कसैलाई हटाउन नसक्ने बताएका छन् ।भरतपुर विमानस्थलमा आज दिउँसो पत्रकारहरुसंग

कुरागर्दै प्रवक्ता ज्ञवालीले एमालेलाई कसैले संसदबाट हट भन्नु पराजित मनस्थितिको उपज मात्रै रहेको टिप्पणी गरे । केहीदिन अघि चितवनबाटै नेकपा ९माओवादी० केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगातार संसद अवरुद्ध गरिरहे संसद छोडेर जान एमालेलाई चेतावनी दिएका थिए ।

प्रवक्ता ज्ञवालीले सभामुख अग्नि सापकोटाले सार्वजनिक रुपमै गल्ती नस्वीकारेसम्म संसद चल्न नदिने अडान समेत लिए ।यस्तै प्रवक्ता ज्ञवालीले शेरबहादुर देउवा नेतृत्वको सरकारले जनबिरोधी गतिविधिहरु गरिरहेको आरोप लगाए ।

सरकार बनेको प्रारम्भमै संविधानका आधारभूत संरचनाहरु भत्काउने काम गरेको भन्दै अहिले जनतामाथि गोली चलाउने काम गरेको बताए ।

सरकारी जग्गा संरक्षण गर्ने दायित्व सरकारकै भए पनि समस्याको समाधान गोली नभएको बताए। उनले यसैबाट पनि सरकार गलत बाटोमा हिडिरहेको टिप्पणी गरे ।

नेता ज्ञवाली दशैंको अवसरमा आयोजित शुभकामना आदानप्रदानका लागि आज चितवन आएका हुन् ।