Nepali Janata Khabar

२४ घण्टामा ७ सय ९२ जनामा काेराेना पुष्टि १४ सङ्क्रमितकाे नि’धन


काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ ।

आज थपिएका १४ जनासहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप नौ सय १० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७७ हजार सात सय ४१ पुगेको छ ।

अहिले १४ हजार पाँच सय ५४ जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय ६ जनाको आईसीयू र एक सय दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै २४ घण्टामा सात सय ९२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ६ सय १९ जनाको नमुना परीक्षण गर्दा सात सय ९२ जना अर्थात् आठ दशमलव २३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।

याेसहित नेपालमा अहिलेसम्म पीसीआर र एन्टिजेनबाट गरिएकाे परीक्षणमा आठ लाख ९६ हजार सात सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप ६९ हजार आठ सय २४ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।