Nepali Janata Khabar

एनआरएनए एनसीसी साउदी द्वारा संचालित दम्माम र अलकासीममा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न:


दम्माम र अलकासीममा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न:

एनआरएनए एनसीसी साउदीले संचालनमा ल्याएको पहिलो नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ८ अक्टूबर २०२१ का दिन एकै पटक साउदी अरबको अलकासिम क्षेत्र र पूर्वी क्षेत्र दम्माममा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम बाट अलकासिममा १ सय ४६ जना र दम्माममा १ सय १५ जना आप्रवासी नेपालीहरूले आधारभूत स्वास्थ्य परिक्षण गरेका थिए।

उक्त स्वास्थ्य शिविर संगै दम्माममा नेपाली दूतावास रियाद बाट राहदानी नवीकरणको लागी १४ सेप्टेम्बर र त्यस भन्दा अघि संकलन गरिएको नवीकृत राहदानी वितरण पनि गरेको छ ।नेपाली दूतावास रियादको प्रतिनिधी हेमन्त आचार्य ज्युको नेतृत्व र एनआरएनए साउदीका पदाधिकारीहरूको सहजीकरणमा ८ सय २५ जनाको राहदानी वितरण गरिएको छ भने प्राविधिक समस्याका कारण पुन: तस्वीर खिच्नु पर्ने २० जनाको पुनः तस्वीर पनि लिएको छ।

उक्त राहदानी वितरण कार्यक्रममा नेपाली दूतावास रियादको पूर्वी क्षेत्रको लागी नव नियुक्त जनसम्पर्क अधिकारी तथा एनआरएनए आईसीसी सदस्य नारायण पासवान संगै सहजीकरणका लागी एनआरएनए आईसीसी मध्यपूर्व संयोजकको उम्मेदवार तथा वर्तमान सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए आईसीसी महिला उपाध्यक्षको उम्मेदवार याशमिन वैगम, एनआरएनए साउदीका संस्थापक तथा रक्षक राजु सैयद, ओम घले, नव निर्वाचित एनआरएनए आईसीसी सदस्य तेज थापा, नव निर्वाचित एनआरएनए एनसीसी अध्यक्ष डम्मर कुमार यादव, महासचिव उमेश भट्टराई, सदस्य गणेश अर्याल, एनआरएनए आरसीसी दम्मामका अध्यक्ष विष्णु भण्डारी, उपाध्यक्ष पदम महत, कोषाध्यक्ष रमेश भट्टराई, एनआरएनए एलसीसी कतिफ तारूतका अध्यक्ष सन्तोष गौतम एनआरएनए कर्मी ओम कुमाल गायतका पदाधिकारीहरू, जनजाति महासंघ राष्ट्रीय समन्वय परिषद साउदीका अध्यक्ष खेम गुरूङ्ग, वरिष्ठ उपाध्यक्ष नवराज तमाङ, हेल्प मधेसको तर्फ बाट श्याम कुमार महतो र महासचिव काशिन्द्र पासवानको उपस्थिति रहेको थियो ।

त्यसै गरी साउदी अरबको अलकासिम क्षेत्रमा संचालित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा सहजीकरणको लागी एनआरएनए एनसीसी साउदीका उपाध्यक्ष भक्तविर राई लगायत त्यस क्षेत्रका क्षेत्रिय पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न साथ र सहयोग गर्नुहुने नेपाली दूतावास रियाद, दूतावास परिवार, संघका विभिन्न तह र ओहोदामा रही कार्यरत पदाधिकारीहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, संचारकर्मीहरू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने संघ संस्था एवम् व्यक्तित्वहरू सबैमा एनआरएनए एनसीसी साउदी अरबिया हार्दिक धन्यवाद ज्ञापन गर्दछ साथै अगामी दिनहरूमा पनि सामाजिक कार्यमा यहाँहरूको साथ र सहयोगको अपेक्षा सहीत संघ यहाँहरू संगै हातेमालो गर्दै सामाजिक कार्यमा समर्पित रहने प्रतिबद्धता जाहेर गर्दछ।

गैर आवासीय नेपाली संघ

राष्ट्रीय समन्वय परिषद

साउदी अरब