Nepali Janata Khabar

३० लाखमा गणेशको मूर्ति हेर्नुस


रामेछाप — रामेछाप नगरपालिका–८ डकुरसिंडाडाँमा गणेशको मूर्ति स्थापना गरिएको छ । इन्जिनियर हिरण्यप्रसाद पौडेलले २१ फिट अग्लो उक्त मूर्ति नेपालकै अग्लो गणेश मूर्ति भएको दाबी गरे ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रामेछाप नगरपालिकामार्फत मूर्ति स्थापना गराएको हो ।

यसका लागि करिब ३० लाख रुपैयाँ खर्च भएको योजनामा संलग्न इन्जिनियर कुशुम भट्टराईले जानकारी दिए । मूर्ति भारतीय कालिगढले बनाएका हुन् ।