Nepali Janata Khabar

दुःखद खबर: सडक दुर्घ’टनामा परेर साउदी अरबमा एक नेपालीको मृ’त्यु


साउदी अरब/ साउदी अरेबियाको अभा भन्ने ठाउँमा रहेको एउटा मजेन्टा नाम गरेको बिज्ञापन कम्पनीमा काम गर्ने एक जना नेपालीको सडक दु’र्घट’नामा परि साउदी अरेबियाको नजरान भन्ने ठाउँमा मृ’त्यु भएको छ।

 

नेपाल बारा जिल्ला घर भएका इजाज अन्सारी बिगत ७ बर्षदेखि उक्त कम्पनीमा कार्यरत रहेका र हिजो ३ अक्टोबर २०२१ का दिन उहाँको सडक दु’र्घटनामा मृ’त्यु भएको अभामै रहेका नेपाली रहिम सेखले जानकारी गराएका छन् ।

मृ’तकको पार्थिव शरीर नेपाल पठाउनको लागि नेपाली महाबाणिज्य दूतावास जेद्दा संग समन्वय गरि छिटोभन्दा छिटो पहल गर्नका लागी गैर आवासीय नेपाली संघ साउदी अरबलाई अनुरोध गरेका छन् ।

 

वृस्तृत जानकारीका लागि र अन्य पहलका लागि तलको नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दै उहाँको पार्थिक शरिर छिटोभन्दा छिटो नेपाल पठाउनका लागी हामी पनि महाबाणिज्य दूतावास जेद्दालाइ अनुरोध गर्दछौं । नजिकैको मृ’तकको साथिको विवरण अलाम अन्सारी 0595329975 हिमालयन दृस्टी बाट

यो पनि पढ्नुहोस्: पूरानै लयमा फर्किदै कतार, केही स्थानमा मास्क लगाउन नपर्ने

दोहा- नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य कतारमा कोरोना महामारी दिन प्रतिदिन कम हुँदै गएको छ । योसँगै संक्रमण नियन्त्रणका लागि गरिएको प्रतिवन्ध खुकुलो पारिने भएको छ । कतारको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रतिबन्ध क्रमिक रुपमा खुकुलो पार्दै लाने निर्णय गरेको छ।

प्रधानमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल-थानीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले अक्टोबर ३ तारिखदेखि हुने सार्वजनिक कार्यक्रम, मार्केट, समारोह, मस्जिद, विद्यालय, अस्पताललगायत सार्वजनिक स्थानहरु बाहेक अन्य स्थानमा मास्क अनिवार्य नपर्ने निर्णय गरेको छ ।

 

सरकारी र निजी क्षेत्रका कर्मचारीहरु पूर्ण क्षमतामा आफ्नो कार्यस्थलमा फर्कन पाउने पनि निर्णय गरिएको छ । यस्तै खोप नलगाएका कर्मचारी र कामदारहरुको र्‍यापिड परीक्षण गरिने भएको छ ।