Nepali Janata Khabar

कोठा भाडामा बस्दाको चुनौतीहरु


सयौं थुंगा फुलका हामी एउटै माला नेपाली
सार्वभौम सत्ता भइ फैलिएका मेची -महाकाली भन्ने नेपालको रास्ट्रीय गान छ । तर पनि हामी नेपाली नागरिक बास्तवमा मिलेर एकै मालामा गासिएर बस्न सकिरहेका छैनौ । कतिपय विद्यार्थीहरु आफ्नो घर बाट टाढा टाढा बसेर पढ्नु पर्ने बाध्यता हुन्छ भने कतिपय जागिर गर्नका लागि घर बाहिर अनेत्र कोठा खोजेर बस्नु पर्ने अवस्था आउँछ ।

 

आउँछ भन्दा पनि यस्तै नै भएको छ । “यसै क्रममा म पनि कपिलवस्तु बाट काम गर्ने सिलशिलामा बुटवल जिल्लामा प्रवेश गरे” मैले कोठा भाडा तिरेर बस्दा धेरै कुराहरु बुझ्ने मौका पनि पाए सायद म जस्तै कतिपय साथिहरु त आफ्नो समस्याहरु बाहिर ल्याउन नसकेर भित्रै आफुलाई पिडामा राखेर बस्न पनि बाध्य हुनुहुन्छ होला पनि । कति पय विद्यार्थी अनि मजदुर गरेर खाने व्यक्ति जागिर गर्ने व्यक्तीहरुको आफ्नो घरको आर्थिक अवस्था कम हुने व्यक्तिहरुलाई धेरै अफ्ट्यारो पनि परिरहेको छ र हामीमध्ये कतिपयले भोग्दै पनि आएका छौ ।

 

यिनी समस्याको समाधान हुने कहिले त ? समाधान गर्ने कस्ले ? यो प्रती भने कसैको पनि ध्यान जान सकेको छैन अनि कतिपय प्रयासहरु असफल पनि भएका छन् जस्तै विभिन्न मिडियाहरुले अन्य ठाँउबाट आएका व्यक्तिहरुलाई पानीको बिल अनि बिद्धुतको बिलहरुमा छुट दिनुपर्छ अथवा घरबेटीले समस्या बुझ्नु पर्छ भनेर पनि समाचारहरु बाहिर प्रसारण गरे तर पनि यो कार्यनयन हुन भने सकिरहेको छैन ।

 

किन कि घरबेटिले आफ्नो घर बनाउदा पनि संघर्षले बनाएको हो आफ्नो घरको अधिकार पाउछन् । यसमा पनि कोठाभाडा तोकिएको हुन्छ त्यो जसो तसो बसेपछी दिनै पर्ने हुन्छ हामीले । तर पानीको बिल आउदा नदेखाउने बिलमा आए जति पैसा एउटा कोठामा बसेका व्यक्तिसँग असुल्ने अर्को कोठाबाट त्यस्तै गर्ने अनि अन्जान अशिक्षित व्यक्तिहरुलाई विद्युतको बिल आए भन्दा धेरै भनिदिने गर्दा धेरै व्यक्तिहरु पिडित हुनुहुन्छ र त्यसमा हामी पनि पर्छौ ।

 

बास्तबमा भन्ने हो भने त हामी सबैले एकाअर्कालाई बुझेर समस्याको समाधान गरेर अगाडि बढ्नु पर्ने हो । तर कतिपय व्यक्तिहरुमा यो चेतना अझै पनि पुगेको छैन । चाहे सानो काम गर्नका लागि बाहिर बसोबास गरोस् चाहे सरकारी जागिर गर्न चाँहे कुनै व्यक्ती पढ्नको लागि कोठाभाडा तिरेर बसोस जे भएता पनि कतिपय घरबेटीको नियत भने पैसा असुल्ने नै देखियो मेरो बिचारमा एक सय प्रतिशतमा दस प्रतिशत घरबेटीले मात्रै कुनै व्यक्तिलाई आफ्नो घरको सदस्य जस्तै सम्झिएर इमान्दारीता देखाउछ्न होला ।

 

अझ भनौ २०७७ साल को अन्यतिर कोभिडको महामारी एकदमै फैलियो कतिको ज्यान पनि गयो कति जना रोगले भन्दा पनि भोकले मर्ने अवस्था पनि सृजना भयो त्यो समयमा कतिपय बुझ्ने घरबेटीले कोठामा बस्ने व्यक्तिलाई भाडा नलिइ पनि बसाल्नु भयो भने कतिपयले घर भित्र पस्न पनि नदिने बाहिर गएर आउने बित्तिकै कोभिड नै बोकेर आयो भन्ने खालका कुराहरु गर्ने कोठामै बस्न नदिने जस्ता अभद्र व्यवहार पनि देखाउनु भयो । तर पिडितले गर्ने के त न्याय पाउने कहाँ त? यो समस्या बाहिर लियौ भने भोलि हामीलाई घरधनीले बाहिर निकल्दिने पो हो कि भन्ने डरमा बस्ने पनि गर्नुभयो ।

 

यस्ता चुनौतीहरुलाई हामीले लुकाएर राख्दा हामी आफैलाई पनि समस्या उत्पादन हुने रहेछ । म पनि बुटवलमै बस्छु कोठाभाडा त जति तोकिएर बसेको त्यति नै दिइन्छ तर पनि पानीको बिल नदेखाउने सबैलाई भाग लगाएर उठाउनु पर्छ नभन्ने बिलमा आएको पैसा एउटा कोठाबाट नै असुल्ने अर्को कोठाबाट पनि त्यसै गर्ने अनि आफुले तिर्ने के त ?? के घरधनीले पानी नै प्रयोग गर्दैनन होला त? हो यो समस्याको समाधानका लागि हरेक प्रदेशबाट हरेक स्थानीय तहबाट पहल गर्नुपर्ने अवस्था मैले देखे ।

 

यो भन्दैमा सबै घरधनी उस्तै हुन्छन भन्न पनि खोजेको हैन कुनै त्यस्ता व्यक्तिहरु हुन्छन जो आफ्नो मात्रै फाइदा हेर्ने अरुको समस्या नबुझी दिने । अझ कतिपय त कोठाभाडा अहिले छैन पछि दिन्छु है भन्दा टाउको बटार्ने समयमा नै पैसा दिइयो भने खुसी हुने गर्छ्न । यस्तो कसैबाट नहोस सायद बुझ्ने व्यक्तिले त त्यसो गर्नुहुन्न होला जो अबुझ आफ्नो फाइदा हेर्ने हुन्छ्न उनिहरुले यस्तो गरेकै छन् । समस्या हरेकलाई पर्छ । जस्तो “सयौं थुँगा फुलका हामी एउटै माला नेपाली ” भन्ने रास्ट्रीय गान रहेको छ त्यस्तै बनौ । कतिपय साथीहरु दाइ दिदिहरुले आफ्नो समस्यालाई बाहिर ल्याउन नसक्दा पनि यस्ता समस्या आइपरेका छन् । तर यसो नगर्नुहोला जति नबोलेर बस्यो त्यति नै आफू दबाबमा पर्ने गरिन्छ ।

 

समस्यालाई बाहिर लिदा केही समाधानका उपायहरु भेटिन पनि सक्छन् । म पनि रुपन्देहीमा बिगत केही समय देखि कुनै मिडियामा आवद्ध छु घर बाहिर बसेर काम गर्दै छु । यसै क्रममा मैले म बसेकै घर अनि मेरा साथीहरु बसेको घरबेटीहरुले गरेको व्यवहारका कारण मलाई यसरी समस्या लुकाउन हुँदैन है भन्ने लागेको छ । जे होस् सम्बन्धित निकायले घर बाहिर बसेर पढ्ने जागिर गर्ने व्यक्तिलाई पानीको बिल विजुलीको बिल देखाएर सबैलाई भाग लगाएर उठाउन आग्रह गरोस् । यसो गर्नाले कोहि मर्कामा पनि पर्दैन ।

बसन्ता भुसाल कपिलवस्तु,हाल रुपन्देही