१५ हजार भन्दा बढी कार्यकर्ता सहभागी हुने भेलामा सम्बोधन गर्न अध्यक्ष ओली बुटवल हिँडे


काठमाडौं २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दल नेता केपी शर्मा ओली भोलि बुधबार बुटवल जाने भएका छन् ।

रुपन्देहीमा आयोजना हुन लागेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली बुटवल जाने भएका हुन् । बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका कार्यकर्ताको सहभागी हुने बताइएको छ ।

ओलीले सम्बोधन गर्ने उक्त अगुवा कार्यकर्ता भेला १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने बताइएको छ । अध्यक्ष ओलीसँगै सभामा सहभागी हुन उपमहासचिवहरु विष्णु पौडेल र घनश्याम भुषाल पनि जाने भएका छन् ।

 

यो पनि पढ्नुहोस्

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अघि बढाएका छन् ।

बैठक शुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलपल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । अहिले संसदमा एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् भने बजेट छलफल पनि अघि बढेको छ ।