जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्दै


जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।

जसपाले भदौदेखि ४ महिनासम्मको लागि संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्‍चालन गर्ने जनाएको छ । सोहि अभियान अनुसार प्रबास विशेष प्रदेश समितिले पनि भर्चुअल कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ ।

जुम भर्चुअल माध्यमबाट गरिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानलाई पार्टीका शिर्ष नेताहरु डा.बाबुराम भट्टराई, उपेन्द्र यादव,अशोक राइ र राजेन्द्र श्रेष्ठले सम्बोधन गर्ने कार्य तालिका रहेको छ ।

जुम भर्चुअल माध्यमबाट गरिने अभिमुखीकरण कार्यक्रममा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण महानुभावहरु तथा मिडियाकर्मिहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरिएको छ ।

जसपा कार्यकारिणी समितिको बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सहभागिताको निमित्त जुम युजरः 2178082149, Password: 2021

 

कार्यक्रम संयोजक तथा उपाध्यक्ष  जसपा प्रबाँस विशेष प्रदेश समितिका सुन्दर सिंह लामा तामाङले नेपाली जनता खबर लाई जानकारी दिनुभयो।