Nepali Janata Khabar

रुखबाट लडेर एक जनाको मृ’त्यु


जलेश्वर, २० भदौ

महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँले आफ्नै बारीकोे रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको बताउनुभयो । (रासस)