चार दिनमा चितवनका १२ हजार ७ सय १९ जनाले कोरोना खोप लगाए


प्रतिमा कुमाल (सुजु), भदौ १९, चितवन

चितवनमा १८ वर्ष माथिका १२ हजार बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हिजो भदौ १८ गते अन्तिम दिन २ हजार ३ सय ५७ जनाले खोप लगाएसंगै कुल खोप लगाउनेको संख्या १२ हजार ७ सय १९ जना पुगेको हो । यीमध्य ४ हजार ९ सय ९६ जनाले एष्ट्राजेनिकाको खोप लगाएका थिए । ८ हजार २ सय २३ जनाले भेरोसेल खोप लगाएका छन् ।

४ दिनसम्म चलेको कोरोना विरुद्धको पहिलो खोप अभियानमा कुल ५ हजार ६ सय ४९ महिला र ७ हजार ७० पुरुष सहभागि भएका थिए । स्वास्थ्य कार्यालयले जिल्लाको विभिन्न स्थानिय निकायको स्वास्थ्य चौकिबाट भदौ १५ गते देखि १८ गतेसम्म खोप अभियान चलाएको थियो ।

चिकित्सा क्षेत्र तथा प्राविधिकतर्फका विथ्यार्थीहरुलाई खोप लगाईएको थियो । यसबाहेक उद्योग संघमा आबद्ध कर्मचारी तथा मजदुरहरु, अटोमेकानिकल व्यवसायीसँग आबद्ध मजदुरहरु, पर्यटनमा आबद्ध होटल व्यवसायी तथा कर्मचारीहरुलाई खोप उपलब्ध गराईएको थियो । साथै ४० वर्ष माथिका व्यक्तिहरुलाई भदौ २१ गतेबाट खोप लगाईद छ । कालिका न्युज बाट