विद्यालय सञ्चालन विषयमा चितवनका तिन निकाय बिच विचारविमर्श…..


प्रतिमा कुमाल (सुजु), भदौ १८, चितवन ।

चितवनमा विद्यालय संचालन विषयमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र शिक्षा शाखा बीच आज (शुक्रबार) छलफल भएको छ । छलफलमा सकारात्मक विचार सुजाब आएको शिक्षा कार्यालय चितवनका प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभएको हो ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम घट्दै गएको र शिक्षक, शिक्षिका, अभिभावक, सरोकारवाला निकायले भौतिक रुपमा पठनपाठन गराउने धाराणा राखेको भन्दै उहाँले, “ वडा स्तरमा संक्रमणको अवस्था हेरि विद्यालय सञ्चालन गर्ने । पूर्ण रुपमा स्वास्थ्य सामाग्रि प्रयोग गर्ने , विद्यालयले आफ्नो वडाको शिक्षा समिति संग छलफल गरी महानगरपालिका वा नगरपालिकाको शिक्षा महाशाखासंग समन्वय गरी मात्र खोल्न पाउने । सञ्चालनमा आएपछि जोरविरोज वा सिफ्टमा पठनपाठन गराउने जस्ता विषयमा छलफल भएको पौडेलले बताउनुभयो ।”

यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्मार्ट लकडाउनको कार्यविधि अनुसार विद्यालय सञ्चालन गर्न दिने विषयमा विचारविमर्श भएको बताउनुभएको छ । भोलि भदौ १९ गते बस्ने जिल्ला कोभिड संकट व्यवस्थापन समतिको बैठकले विद्यालय सञ्चालन सम्बन्धि निर्णय गर्ने बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले समग्र जिल्लाको कोरोना संकट उच्च जोखिमको तहबाट जोखिममा झरेको बताउनुभएको छ । स्थानिय निकाय वडाको अवस्था हेरेर विध्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउन सकिने उहाँले जिकिर गर्नुभयो ।