साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले तिज बिशेष कार्यक्रम गर्ने 


राम प्रसाद सुबेदी संगम

मलेसिया सेप्टेम्बर १ तारिख । साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले तिज बिशेष कार्यक्रम गर्ने भएकाे छ। हिन्दु नेपाली नारीहरुकाे महान चाड हरितालिका तिजकाे अवसर पारेर अाउदाे भदाै २० गते अाईतबार शुभकामना अादानप्रदान संगै परिचयपत्र बितरण तथा रचना वाचन कार्यक्रम गर्न लागेकाे साहित्यिक चौतारी नेपाल मलेसिया शाखा अध्यक्ष खेम मगर कान्छाले जानकारी दिए।

नेपाली साहित्यकाे बिकाश र बिस्तार गर्ने एक शसक्त समुहको रुपमा बिगत लामाे समयदेखि लागिपरेकाे साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले बर्तमान समयमा भाैतिक उपस्थिती जनाएर कार्यक्रम गर्न नसकिने कुरालाई मध्येनजर गर्दै भर्चुअल माध्यमबाट अाउदाे भदाै २० गते ( सन् २०२१ सेप्टेम्बर ५ तारिख ) अातबार बेलुकि मलेसिया समय अनुसार बेलुकी ८:१५ बजे ( नेपाली समय बेलुकि ६ बजे ) कार्यक्रम गर्न लागेकाे साहित्यिक चौतारी नेपाल मलेसिया शाखा महासचिव एम मगर ले जानकारी दिए। जुम एपमार्फत गरिने कार्यक्रम साहित्यिक चौतारी नेपाल मलेसिया शाखाकाे फेसबुक पेजमा फेसबुक लाईभ मार्फत बिश्वब्यापी रुपमा प्रशारण हुनेछ ।

बरिस्ठ गजलकार तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका पुर्व प्राज्ञ सदस्य बुद रानाकाे प्रमुख अतिथ्यतामा गरिने कार्यक्रममा साहित्यिक चौतारी नेपालकाे केन्द्रिय समिती पदाधिकारी मलेसिया साखा पदाधिकारी तथा सदस्यहरु नेपालका सबै प्रदेशका प्रदेश शाखाहरु र देश बाहिरका सबै साखाहरुबाट प्रतिनिधि नेपाली राजदुतावास मलेसिया र मलेसियामा सकृय विभिन्न संघसंस्था तथा ब्यक्तिहरुकाे समेत प्रतिनिधित्व हुनेगरी उल्लेख्य सहभागिता गाराउने तयारी थालिएको छ।

कार्यक्रममा तिज बिशेष शुभकामना अादान प्रदान कार्यक्रम, यसअघि पुनरगठित साहित्यिक चाैतारी नेपाल मलेसिया शाखाका पदाधिकारी तथा सदस्य हरुलाई संस्थाको अाधिकारिक परिचयपत्र बितरण कार्यक्रम संगै ८ जना साहित्यकारहरुले रचना वाचन गर्ने गरि तयारी गरिएको समेत अध्यक्ष मगरले जानकारी दिए। कार्यक्रममा कविता तर्फ भक्त कार्की, गजल तर्फ बेहोसि कृष्ण कार्की, रेसम राज बोगटी,खिमु काउचा गरिब, बासुदेब कुमार दनुवार र तारा सोमै मगर संकल्प मुक्तक तर्फ मोती निरौला र एकदेव कुमार चौधरीले प्रस्तुती दिनेछन्। राम प्रसाद सुबेदी संगम कार्यक्रम सञ्चालक रहने गरी सञ्चालन हुने कार्यक्रममा शिरीष बन्जाडेले प्राविधिक सहयाेग गर्नेछन् ।