मलेसियामा कोरोना बाट २ दिनमा चार नेपाली श्रमिकको मृ’त्यु।


[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले सुरक्षागार्डमा कार्यरत नेपाली श्रमिकको मृत्यु भएको छ।

नेपाल ठेगाना गोर्खा नगरपालिका १० बिरेन्चोक गोर्खा निवासी बिगत १० बर्षदेखि मलेसियाको कावालान केसेलामातान पेरकासा नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि क्वालालम्पुरमा काम गर्दै आएका नेपाली श्रमिक एक बहादुर आले मगरको कोरोना संक्रमणले मृत्यु भएको हो।

कोरोना संक्रमण भैई बिगत १२ दिनदेखि उपचाररत रहेका ४४ वर्षिय मगरको मृत्यु हिजो बुधबार बिहान भएको समाजसेवी दिल त्हार तमुले बताउनुभयो।

जानकारी अनुसार कोरोनाले मृत्यु भएकोले नियम अनुसार मृतकको शव नेपाल पठाउन नसकिने भएको हुँदा आवश्यक पोस्टमार्टम पश्चात् र प्रक्रिया पूरा गरेर कम्पनीको सहयोग समन्वयमा मृतकको अन्तिम दाह संस्कार यतै मलेसियामै गरिने बताइएको छ।

त्यस्तै अस्ति मंगलबारको दिन पनि कोरोना संक्रमणबाट रेभिन्यु सेक्युरिटि कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको थियो।

नेपाल ठेगाना मोरङको सुनवर्षि नगरपालिका वडा न.६ रतुवामाई घर भएका ३६ वर्षका सुरेश कुमार दासको मंगलवार साझँ करीव ५ वजेतिर मृत्यु भएको हो । केहि समय अगाडि देखि सुरेशमा कोरोना सक्रमण देखिएको थियो।

जानकारी अनुसार कम्पनीको सहायतामा करिब एक हप्तादेखि क्वालालम्पुर अस्पतालमा उपचाररत रहेका सुरेशको मृत्यु उपचारकै क्रममा भएको थियो।

त्यस्तै अस्ति मंगलबारकै दिन कोरोना संक्रमणबाटै डेल्टा सेक्युरिटी फोर्स नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि सुरक्षागार्डमै काम गर्दै आएका नेपाली श्रमिक नेपाल ठेगाना विरेन्द्रनगर नगरपालिका वडा न २ सुर्खेत जिल्ला (वागेसिमल) घर भएका ४२ वर्षिय तुलाराम पुलामिको कोरोना सक्रमणवाट मृत्यु भएको थियो।

दुईबर्ष देखि सुरक्षागार्डमा कार्यरत तुलाराम पुलामीमा कोरोना संक्रमण देखिएपछि कम्पनीले थप उपचारको लागी अस्पतालमा भर्ना गरेतापनि उपचारकै क्रममा मंगलबार बिहान ०५:०० बजेको समयमा मृत्यु भएको थियो।

त्यस्तै सोही मंगलबारकै दिन कोरोना संक्रमणबाट नेपाल ठेगाना साविकको विरुवागुठि गाविस वडा न ३ र हालको पर्सागढि नगरपालिका वडा न ४ पर्सा घर भई मलेसियामा कार्यरत २९ बर्षिय नेपाली श्रमिक सिकेन्द्र कुमार चौरसियाको मंगलवार विहान मृत्यु भएको थियो।

दुई वर्ष अगाडि डिके रिभर ओभरसिजवाट रोजगारीका लागि मलेसिया आएका सिकेन्द्र सेलाङगरमा रहेको टेस्को सुपरमार्केटमा जनरल वर्करको रुपमा काम गर्दे आईरहेका थिए।

मलेसियामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ। जसले गर्दा अहिले दिनहुँजसो स्थानीय संगसंगै नेपाली श्रमिकहरुले समेत ज्यान गुमाईरहेका छ्न।