सरस्वती बहिनी : तपाईसंग माफ मागे : भिम उपाध्याय


भीम उपाध्यायले आफ्नो सामजिक सञ्जाल मा केही समय देखि को विवाद लाई लेखेका छन् उनले लेखेको जस्ताकोतस्तै पढ्नुहोस्

सरस्वती बहिनी : तपाईसंग माफ मागे।

मैले केही गल्ती गरेको त हैन तर तपाईसंग माफ माग्न परेको छ। कसैले काठमाण्डौँमा दलित भनेर घर भाडामा दिन मानेन छ। मलाई पनि दिक्क लाग्यो किन यस्तो बिभेद गरेका होलान् भनेर। यो समाचार सुनेर मैले केही बोलिन। गल्ती गर्नेलाई पक्राउ गरेछ, ठिकै हो भन्ने लाग्यो। तर यस्ता कसुरमा अनुसंधान गर्दा त्यसरी थुन्नु हुदैन भन्ने मेरो धारणा रहिआएको छ।

ज्वाला संग्रौलालाई थुनिएको सुनेर मैले तत्कालै तारिकमा वा जमानीमा छाडेर अनुसंधान गर्नुपर्छ, थुन्न हौसिन हुदैन भनेर लामै पोष्ट गरे । तर दलित डेरा काण्डलाई वास्तै गरिनँ। किनभने कानुन बमोजिम गरिहाल्छन्, जे गर्नुछ भनेर चुप बसेँ। एक रात राख्ला अनि तारेकमा छाडेर अनुसंधान गर्लान् भनेर सोच्दै अर्कै तिर ब्यस्त भएँ। यस बारेका केही क्लिप भिडियोहरू मलाई मेसेन्जरमा आउन थाले। तर मैले वास्तै गरिनँ । लौ, ३ रात थुनाईसकेका रहेछन्। कुरा बुझ्दै जॉदा घनघोर अन्याय पर्ने नेपालकी राष्ट्रिय फुटबल महिला खेलाडी ६० वर्षीया सरस्वती प्रधान पो रहेछिन्।

रूपा सुनार भन्नेले यिनलाई जाहेरी दिएकी रहिछन्। टेप जताततै सार्वजनिक भएको पाएँ। जाहेरी दिने कामरेड रहिछन्। मुद्दा कुनै खासै ठूलो रहेनछ। कुनै अपशब्द वा हातपात भएको पनि रहेनछ। सौह्राद्रपूर्ण फोनकुरा भएको रहेछ। समाजमा रहदा ब्यक्ति ब्यक्तिबीचमा यति कुरा हुन्छन्, राज्यले वा कुनै सार्वजनिक पदमा रहेकाले केही गरेको रहेनछ।
तर, खतरनाक कुरा, संगठित समूहहरू नियोजित ढंगको गेमप्लान गरेर शान्त नेवार समुदायलाई भड्काएर जातीय युद्ध चलाउने षडयन्त्रमा रहेको प्रष्ट प्रमाणित हुदै गयो। प्रष्ट सबैले बुझ्दै गए ।

बुढी सरस्वतीलाई त्यसरी अनाहकमा आरोप लगाएर कोरोनाको कहरबीच थुन्दा पनि कुनै ठूला ब्यक्तिहरूको ध्यान पुगेन छ। थुनामा राखेको चौथो दिनमा मुद्दा चलाउने प्रमाण र कसुर नपुगेर छाडिएको रहेछ।

अनि त के थियो र! संगठित द्वन्दपिपासूहरूले तोरीको फुल देख्न थालेछन्। यसरी एक जना सोझी नेवार नारीलाई खेदेर मिडिया रंगाउने तमाम ठूला ब्यक्ति मिडिया र ठूला गुटहरूको ताण्डव नृत्य सुरू हुदै गयो।
मैले न्यायिक मन र विवेकले पीडित घरबेटी सरस्वतीमाथि भयंकर बज्रपात भएको महसुस गरेँ। उनले निरिह ढंगमा कुनै छलछाम नगरी, अपराधको मनसाय नराखी, कुनै बारदात नगरी, मिठो तरिकाले बिनाआक्रोस सबै कुरा खुलस्त बताईन्। मेरा ऑखाबाट बरर ऑसु झरे।

यथार्थ बुझ्दै जादै गर्दा मैले पनि त्यसपछि सरस्वतीको न्यायको पक्षमा धाराबाहिक स्टेटसहरू लेख्दै गएँ। उनका पक्षमा विवेक र साहस भएकाहरू थुप्रैले आवाज उठाउन सुरू गरे। र, यो क्रम चर्को ढंगमा अहिले जारी रहेको छ।

मैले माफ किन मागेको भने, निर्दोष सरस्वतीलाई त्यत्रो ठूलो ४ दिन थुनेर बज्रपात भईसक्दा पनि पहिलो दिनमै किन मैले आवाज उठाउन चुकेछु?
ढिला आवाज उठाएकोमा माफी पाउँ सरस्वती बहिनी!
न्यायका लागि सबैको साथमा मेरो पनि पूरै साथ छ। हुंडारहरूको हुललाई चुनौती दिन हिम्मतिला, इमान भएका र सद्भाव चाहनेहरूको मुलुकमा कुनै कमी छैन। रिहा हुनु न्याय हैन, अब अत्याचार गर्ने र उक्याउनेहरूलाई दण्ड दिलाउनु न्याय हुनेछ। निश्चित छ, सरस्वती बहिनीले न्याय पाउने नै छिन्।