२४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा सङ्क्रमण, ५ हजार जनाभन्दा धेरै निकाे निको हुनेको सङ्ख्या बढ्यो…


काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । नौ हजार नौ सय एक जनाको पीसीआर परीक्षण गर्दा दुई हजार आठ सय ७४ जना र पाँच हजार तीन सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

योसँगै नेपालमा पीसीआर विधिबाट ६ लाख एक हजार ६ सय ८७ जना र एन्टिजेन विधिबाट १७ हजार सात सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार दुई सय ९३ जना निको भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख १५ हजार पाँच सय ९१ पुगेको छ ।

 

यस्तै थप ५९ जनासहित कोरोना सङ्क्रमणबाट नेपालमा अहिलेसम्म आठ हजार दुई सय ३८ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा अहिले ७७ हजार आठ सय ५८ जना सक्रिय सङ्क्रमित छन् ।