ऐश्वर्या जस्तै देखिन्छिन् यी पाँच, महिला (हेर्नुहोस् तस्विर सहित)


एजेन्सी – भारतकी ऐश्वर्या राय बच्चन विश्वकै सुन्दर अभिनेत्रीहरु मध्येमा पर्छिन्। ऐश्वर्याको सुन्दरता र अभिनय क्षमताका प्रशंसक करोडौंमा छन्। ऐश्वर्याको चर्चा भारतमा मात्र नभई विश्वभर हुनेगर्छ।

पछिल्लो समय ऐश्वर्या सक्रिय अभिनय देखि केहि टाढा छिन्। विगत केहि वर्ष देखि उनी कुनै पनि चलचित्रमा देखा परेकी छैनन्। यधपी ऐश्वर्या ‘लाइमलाइट’ देखि टाढा भने रहेकी छैनन्।

 

यसै बीच ऐश्वर्यासँग मिल्दो-जुल्दो अनुहार भएकी एक युवती यति बेला सामाजिक संजालमा चर्चाको विषय बनिरहेकी छन्। ऐश्वर्या जस्तै देखिएका कारण पछिल्लो पटक चर्चामा आउने पाकिस्तानकी आमना इमरान हुन्।

एश्वर्या जस्तै देखिएका कारण चर्चामा आउने आमना पहिलो युवती होइनन्। यस भन्दा अगाडी पनि विभिन्न समयमा एश्वर्या जस्तै देखिएका कारण विभिन्न युवतीहरु चर्चामा आइसकेका छन्। त्यसमध्ये केहिलाई हामीले यहाँ उल्लेख गरेका छन्।

आमना इमरान

 

एश्वर्या जस्तै देखिने युवतीहरु सूचीमा आमना नयाँ नाम हो। पछिल्लो समय सामाजिक संजालमा आमनाको ब्यापक चर्चा छ। ऐश्वर्या जस्तै हुबहु पोज दिन खप्पिस आमनाका तस्विरहरु सामाजिक संजालमा भाइरल पनि हुने गरेका छन्। पेशाको कुरा गर्नुपर्दा आमना एक ब्यूटी ब्लगर हुन्।

महलाघा जबेरी

 

एश्वर्या जस्तै देखिनेहरुको सूचीमा अर्को नाम महलाघा जबेरी हो। महलाघा ईरानकी मोडेल हुन्। महलाघाको अनुहार पनि केहि हद सम्म एश्वर्यासँग मिल्छ। इन्स्टाग्राममा महलाघालाई पछ्याउने लाखौं छन्।

अमूज अमृता

 

सोशल मीडिया स्टार अमूज अमृता पनि एश्वर्या जस्तै देखिन्छिन्। एश्वर्याको एक चलचित्रको सिन री-क्रिएट गरेपछि अमृता चर्चामा आएकी थिइन्। त्यस दृश्यमा अमृता ठ्याक्कै एश्वर्या जस्तै देखिएकी थिइन्।

मानसी नाइक

 

मानसी नाईक मराठी फिल्मकी नायिका हुन्। मानसी पनि देख्दा एश्वर्या जस्तै देखिन्छिन्। मानसी सामाजिक संजालमा पनि सक्रिय छिन्। उनले सामाजिक संजालमा अपलोड गरेका धेरै तस्विरहरुमा उनी एश्वर्या जस्तै देखिन्छिन्।

स्नेहा उल्लाल

 

एश्वर्यासँग सबै भन्दा बाढी अनुहार मिल्ने स्नेहा उल्लालले बलिउडमा समेत काम गरिसकेकी छन्। स्नेहाले सन् २००५मा चलचित्र ‘लकी’मा सलमान खानसँग काम गरेकी थिइन्। एश्वर्यासँग सम्बन्ध टुटेपछि सलमानले उनको मेख मार्न स्नेहालाई बलिउडमा ल्याएको बताइन्छ।