कलाकार एकाराम सिंहको कोरोना संक्रमणबाट मृ’त्यु


काठमाण्डौ:

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभोड-१९ ले विश्वमा लाखौं मानिस को ज्यान गएको छ करोडौंको संख्यामा संक्रमित भएका छन् यस्तै कोरोना ले नत धनी भनेको छ नत गरिब भनेको धेरै ज्यान भटाभट गइरहेको छ ।

नेपालमा धेरै नेता देखि कलाकार हरुलाई पनि संक्रमण भएको मात्रै छैन ज्यान पनि धेरै को गाएको छ पछिल्लो समय केही हत सम्म कम भएपनि ज्याज गुमाउने संख्या भने उस्तै देखिएको छ।

संस्कृतिविद् एवं‌ कलाकार एकाराम सिंहको कोरोना संक्रमणका कारण निधन भएको छ । बाल साहित्य एवं‌ चित्रकलामा ख्याति कमाएका उनको ५३ वर्षको उमेरमा सोमबार ज्यान गएको हो ।

उनी कपनस्थित करूणा अस्पतालको आइसियुमा उपचाररत थिए । काठमाडौं महानगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा समावेश हुने चित्रकला तयार पारेका उनले राणा प्रधानमन्त्री एवं‌ राजपरिवारका सदस्यहरूको समेत कैयौं चित्र कोरेका छन् ।

उनले लिच्छविदेखि मध्यकालसम्मका संस्कृति झल्किने विभिन्न चित्रकला समेत उतारेका छन् । उनको निधन प्रति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले दु:ख व्यक्त गरेको छ ।