साउदिमा रहेका थबाङ गाउपालिकाका युवाहरुले माहामारिमा अक्सिजन सिलिन्डर सहयोग 


 

 

सुबिन राज सेर्पाली,नेपाली जनताखबर,

कोरोना माहामारिको प्रकोप र बढिरहेको कोरोना संक्रमित हरुलाई मध्यनजर गर्दै रोल्पा थबाङका साउदिमा श्रम गरिरहेका युवाहरुले एकमुष्ट ४१०००० ( चार लाख दस हजार बराबरको स्वास्थ्य सामग्री थबाङ गाँउपालिका लाई हस्तान्तरण गरेका हुन ।

 

थबाङ गाउपालिकाका अध्यक्ष वीर बहादुर घर्ती र गाउपालिका स्वास्थ्य संयोजक तुल प्रसाद पुन मगर लाई काठमाडौ बाट स्वास्थ्य सामग्री व्यबस्थापन गर्नुहुने मगर संघ केन्द्रिय अध्यक्ष नवीन रोका,यामुना रोका तामाङ,मनिराम बिसि लगायतले साउदीमा कार्यरत युवाहरुको सहयोग रकम बाट थबाङ गाउपालिका सम्म स्वास्थ्य सामग्री पुगेको हो।

 

 

प्रबासमा दुख सुख परिवारको जीवन निर्बाहको लागि परिश्रम गरिरहेका युवाहरु बिपिन झाक्री ,धन झाक्री,रमेश बुढा मगर, जोर्डन वि सि,हरि चन्द्र झाँक्री मगर , वीर बहादुर बुदा मगर सामाजिक अभियानताहरुले आफ्नो मातृभुमीमा कोरोना माहामारिको बिपत्तिमा धन झाक्री र रमेश बुढा मगरको विशेष पहलमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो।

जम्मा स्वास्थ्य सामग्री हरु,

१) अक्सिजन concentrator मेसिन १० लिटर /मिनेट Flow वाला एक थान

२) अक्सिजन सिलिन्डर ४७ लिटरवाला ४ थान

३) पि पि ई १३ थान

(४) gloves ९०० पिस

(५) sodium hydrochlorido ४%.५ लिटर १०ग्यालेन

(६) Aasthalin solution ८० tube

(७) ipraven solution ४० tube

कोरोना रोकथामका स्वास्थ्य सामग्री पठाएका हुन।यो बिपत्तिमा आफ्नो जन्मभुमिको लागि आफ्नो छाक काटेर आफ्नो जन्मभुमिका आमावुवा दाजुभाइ दिदिबहिनी हरुको स्वास्थ्यप्रती संवेदनशील भएर यतिठुलो मात्रामा सहयोग गर्ने महान व्यक्तिहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै थबाङ गाउपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधि हरुले धन्यवाद दिएका छन।

 

 

हाम्रो देशको सरकार र राजनीतिक दलहरु कुर्चिको खेलमा चुर्कुम्म डुबिरहदा प्रबासिएका युवाहरुले भने आफ्नो जन्म भुमिको लागि कोरोना माहामारी संग लड्न आफ्नो गाउँ घरका समुदायहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएर महान काम गरेका हुन।