सात दिनभित्रमा तपाइले सोचेको सबै काम बन्नेछ, बेवास्ता नगरी ॐ लेखेर सेयर गर्नुहोस् ! तपाईको मनोकामना पूरा हुनेछ !

8K+Shares

जैविक विविधताका लागि विश्व प्रसिद्ध भौगोलिक क्षेत्र हो, वरुण उपत्यका। यो संखुवासभाको उत्तरी भूक्षेत्रमा अवस्थित छ। धार्मिक तथा पर्यटकीय क्षेत्रको गन्तव्य पनि हो, वरुण।

विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालको काखमा रहेका अनगिन्ति हिमतालबाट निस्केको पवित्र वरुण नदीको महिमा मण्डित वरुण उपत्यकाको प्रमुख केन्द्र शिवधारा हिन्दू, किराँत तथा बौद्धमार्गीको आस्थाका कारण अहिले धार्मिक तीर्थस्थल तथा पर्यटकीय गन्तव्य बनेको छ।

धार्मिक आस्थाका रूपमा संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ सहितका हिन्दू, किराँत तथा बौद्धमार्गी भक्तजनहरू शिवधारा दर्शनका लागि जाने गरेका छन्। विशेषगरी शिवधारा जनैपूर्णिमाको अवसरमा परेर जाने गर्दछन्।

सदरमुकाम खाँदबारीदेखि हिँडेरपाँच दिनमा शिवधारा पुगिन्छ। धार्मिक मान्यताअनुसारशिव र पार्वतीले बास गरेको स्थलको रूपमा शिवधारालाई मान्ने गरिन्छ। शिवाधाराको फेदीमा रहेको न्ये खर्कबाट पहराको बाटो हुँदै करिब छ घण्टापछि शिव र पावर्तीको पूजाआराधना गरेर फेदीमा पुगिन्छ।

पहरामा कहीँ बुट्यानको सहारा त कहीँ मानिसले बनाएको साङ्लोको सहारामा धार्मिक आस्था बोकेर तिर्थयात्रीहरू गन्तव्यमा पुग्ने गरेका छन्। भक्तजनहरू पहराको यात्रा सुरुहुनासाथ आफूले लगाएका जुत्ता–चप्पल पहराको फेदीमा फुकाउने गर्दछन्।

पहराको कठिन यात्रा सुरुभएपछि जोकोही पनि अन्य सम्पूर्ण दुःख, कष्टसहित सम्पूर्ण कुरालाई भुलेर भगवान् शिव र पावैतीको नाम पुकार्दै यात्रा अगाडि बढाउँछन्। पहराको कठिन यात्रा त्यसमा पनि खाली खुट्टा हिँड्दा यात्रा अझ कठिन हुन्छ।

साढे दुई घण्टाको पहराको यात्रा पार गरेपछि सुगन्धित धुपी तथा फूलैफूलको बगैंचा हुदै शिव गुफामा(४३१० मिटर) पुगिन्छ।शिव गुफा पुग्नु पहिले केही तल आमाभुजुङको प्रतीक छ।

शेर्पा भाषामा आमा भनेको आमा र भुजुङ भनेको छोरी भन्ने बुझिन्छ। आमाभुजुङमा सन्तान नहुनेले छोराछोरीसमेत माग्ने चलन छ। आमाभुजुङमा पूजागरेपछि शिव गुफा पुगिन्छ।

शिव गुफाकरिब३० मिटर उचाइ र २० मिटर लम्बाइ तथा चौडाइ रहेको छ । गुफाभित्र ३० मिटरको उचाइ पहराको बीचबाट निरन्तर पानीको धारा झरिरहन्छ। त्यस धारालाई शिवजीको जटाबाट पानी गरेको भन्ने धार्मिक विश्वास छ।

चारैतिर घुमिरहेको धारामा नुहाएर गुफामा शिवकोपूजा गर्ने चलन छ। धारा चारैतिर अविरल घुमिरहने हुँदा नुहाउँदा धर्मात्मा मानिसको जिउँमा मात्रपानीको धारा पर्छ भन्नेविश्वास गरिन्छ। शिव गुफा सकिएपछि केही ओरालो झरी पुनः उकालो लाग्दा शिव र पार्वती गुफा पुगिन्छ।

यसको मध्यभागमा गणेश भगवान्को पूजाआराधना गर्दै३० मिनेट हिँडेपछि पार्वती गुफा(४३१६ मिटर)पुगिन्छ। यस गुफामा पनि करिब२५ मिटर माथि पहराको बीचबाट निरन्तर झरिरहने धारामा नुहाएपछि पार्वतीको पूजा गर्नुपर्ने धार्मिक मान्यता छ।

पार्वती गुफामा पूजा गरेपछि पुनः पहराको कठिन यात्रा गर्दै डेढ घण्टामा वरुण नदीको किनारस्थित शिवधाराको फेदी न्यें खर्कपुगिन्छ। याङखर्कबाटबिहानसात बजे प्राकृतिक सौन्दर्य हेर्दै सुरुभएको यात्रा दिउँसो ३ बजे पुनः याङलेखर्क पुगिन्छ।

बौद्ध धर्मावलम्बीलेभने ती गुफाहरूमा रिम्पोछे लामाले तपस्या गरी भक्तलाई अभिषेक गरेको भन्ने धार्मिक मान्यता रहेको छ। त्यही कारण शेर्पा तथा भोटेजाती अभिषेकका लागि शिवधारा जाने गरेका छन्।

भिन्नभिन्न धार्मिक आस्थाका आधारमा शिवधारामा हिन्दू, बौद्ध र किराँत धर्म मान्ने तिर्थयात्रीहरू जाने गर्दछन्। काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ ।

जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।