धनाढ्य दम्पती बिल गेट्स र मिलिन्डाको सम्बन्ध विच्छेद

83Shares

धनाढ्य दम्पती बिल गेट्स र मिलिन्डाको सम्बन्ध विच्छेद
बैशाख २१, मंगलबार
माइक्रोसफ्टका संस्थापक विल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन्। दुवैले आफ्नो २७ वर्षको वैवाहिक जीवनको अन्त्यको घोषणा गरेका हुन्।

 

 

धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

 

 

उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘धेरै सोच–विचार र हाम्रो सम्बन्धमा काम गरेपछि हामीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं।’ । विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको र सामाजिक कामबाट समेत सधैं चर्चामा रहने यो जोडीको सम्बन्ध विच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ ।

 

 

विश्वकै धनी व्यक्तिमध्येका एक ६५ वर्षका बिल गेट्स र ५६ वर्षका मिलिन्डाको भेट माइक्रोसफ्ट कम्पनीमै भएको थियो । दुवैले सन १९९४ मा विवाह गरेका थिए ।

 

 

अलग भएपछि पनि दुवैले बिल एण्ड मिलिन्डा फाउन्डेसनको काम भने जारी राख्ने बताएका बताउनुभएको छ । सन २००० मा स्थापना गरेको फाउन्डेसनले अहिलेसम्म विश्वभर झण्डै ५४ बिलियन डलरको सहयोग गरिसकेको छ

 

83Shares