स्थानीय विनाेद गिरीले गाउँमै साबुन उद्योग संचालन गरेपछी….

49Shares

अशोक पराजुली/चौतारा

चौतारा साँगाचाेकगढी नगरपालिका –११ डाँडाथाेकमा साबुन उद्योग सञ्चालनमा आएको छ। स्थानीय विनाेद गिरील आफ्नो निजी लगानीमा शिवशक्ती सोप एन्ड केमिकल उद्योग मार्फत साबुन उद्योग सञ्चालन गरेका हुन् । साबुन उद्योगको आज एक समारोहकाबीच चौतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख मेयर अमानसिं तामाङले उद्घघाटन गरेका छन् ।

 

 

पहिलो चरणमा करिब दुई हजार साबुन उत्पादन गरिएको कम्पनीका संचालक विनोद गिरिको भनाइ छ। उत्पादित साबुनलाई बजारसम्म पठाउन साबुनको कभर छाप्ने काम भइरहेको उनले बताए । परीक्षणका लागि कतिपयले बिनाकभर लिएको साबुन प्रयोगपछि राम्रो भएको प्रतिक्रिया जनाएका छन्। हाललाई लुगा धुने साबुन मात्रै उत्पादन गरिएको र छिट्टै नुहाउने साबुन,सरफ,स्याम्पु समेत उत्पादन गरिने कम्पनीले जनाएको छ ।

 

 

अहिलेसम्म कम्पनीमा ६६ लाख रुपैयाँको लगानीमा साबुन उत्पादन गर्न सुरु गरिएको र पाँच जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको यस उद्योगबाट उत्पादित साबुनलाई यस जिल्लाको साथै छिमेकी जिल्ला काभ्रे दोलखा,रामेछाप र काठमाडौंसम्म पुर्‍याउने लक्ष्य रहेको कम्पनीका संचालक गिरिले जानकारी दिए।

 

 

बाहिरबाट आउने साबुनलाई भन्दा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न नगरपालिकाले पनि सहयोग गर्ने र नगरपालिकाभित्र यस्ता उद्योगहरु संचालन गर्न र नगरपालिकालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा चौतारा साँगाचाेकगढी नगरपालिका प्रमुख अमानसिं तामाङले जोड दिए।

 

नगर प्रमुख तामाङले जिल्लामा नै मेसिनबाट उत्पादन सुरु गरिएको यो नै पहिलो उद्योग यसै नगरपालिकाबाट सुरु हुनु नगरको लागि पनि गौरवको कुरा भएको र उद्योगबाट उत्पादित साबुनलाई बजारीकरणका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताए ।

 

 

उद्योग प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षमा नगरपालिकाबाट पनि सहयोग प्रदान गरिने नगरपालिकाका उप प्रमुख जानुका पराजुलीले बताइन् । यस्ता उद्योगहरु सञ्चालनका लागि नगरपालिकाले लघु उद्यम प्रवद्र्धन कोषमार्फत लगानी गर्नका लागि र सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको उनको भनाइ छ। स्थानीयस्तरमै उद्योगमार्फत आम्दानीका स्रोत बढाउन नगरपालिकाले पनि कार्यक्रम सञ्चालन गरेको छ।

 

उद्योग उद्घघाटन कार्यक्रम चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर ११ का वडा सदस्य तथा नेकपा ( माओवादी केन्द्र ) का जिल्ला कमिटी सदस्य दधिराम पराजुलीको अध्यक्षतामा तथा जन विकास मा वि का शिक्षक रुद्रप्रसाद पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

 

49Shares