अकेशाको ‘लाइफ इन एलए’ को छायाँकन अब नेपालमा हुँदै

47Shares

काठमाडौँ । फिल्म ‘लाइफ इन एलए’ को ६५ प्रतिशत छायाँकन सकिएको छ । अमेरिकाबाट छायाँकन सुरु भएको फिल्मको बाँकी छायाँकन नेपाल हुनेछ । अमेरिकामा फिल्म लस एन्जलस, सन् फ्रान्सिको र लस भेगासमा भएको छ ।

 

सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्मको बाँकी छायाँकन नेपालमा हुनेछ । नेपालमा फिल्मको सुदीप बरालले छायाँकन गर्ने बताइएको छ । कोरोनाको कहर कम भएर फिल्म छायाँकनको माहोल बन्ने बितिकै फिल्म नेपाल छायाँकन गरिनेछ ।

वाश इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा अकेशा बिष्ट, बाश विष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र विशाल ढकाल लगायतको मुख्य अभिनय रहनेछ । फिल्मको कार्यकारी निर्माता संसार ए सुवेदी हुन् ।
राजेन्द्र ठकुराठी निर्माता, श्रीकृष्ण बम मल्लको संगीत रहेको फिल्ममा उज्वल ढकालको सम्पादन रहनेछ ।

 

47Shares