त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय यसरी हुँदै छ

31Shares

बिष्णु पाण्डेय
काठमाडौँ, वैशाख १३ गते । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिषद् बोर्डको सोमबार बसेको बैठकले विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

 


बढ्दो कोभिड १९( कोरोना भाइरस ) का कारण मङ्गलबार (भोलिदेखि ) सबै तहका परीक्षा स्थगित गरिएको विश्वविद्यालयका रजिष्टार पेशल दाहालले जानकारी दिनुभयो ।

 

अहिले चलिरेका र आगामी परीक्षा मिति तोकिएका परीक्षाहरु पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उहाँले बताउनुभयो ।

 


यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको भए पनि त्रिभुवन विश्वविद्यालयले भने परीक्षा स्थगित गरेको थिएन । सोमबार पनि त्रिविका परीक्षाहरु जारी थिए ।गोरखापत्र अनलाइन बाट

 

 

31Shares