विष्णुमाया आचार्य द्वारा बिद्यार्थीहरु को चौतर्फी सर्वाङ्गीण विकासका लागि सांस्कृतिक कार्यक्रम

8Shares

इलाम माइ नगर पालिका ।

नगर उपप्रमुख विष्णुमाया आचार्य ज्यु ले बिद्यार्थीहरु को चौतर्फी सर्वाङ्गीण विकासका लागि सांस्कृतिक कार्यक्रमसहितको अतिरिक्त क्रियाकलाप हुनुपर्नेमा जोड दिनु भएको छ ।

 

 

युवा तथा खेलकुद शिक्षा शाखा माई नगरपालिका को आयोजनामा माध्यमिक तहस्तरीय साँस्कृतिक कार्यक्रममा आईतबार पुरस्कार वितरण गर्दै उपप्रमुख आचार्यले चौतर्फी विकासका लागि प्रतिभाको पहिचान गर्नु पर्नेमा जोड दिइन् । नगरभित्रका ११ वटा माविको सहभागिता रहेको कार्यक्रममा नयाँ बर्षको शुभकामना आदन प्रधान तथा नृत्य र गायन प्रतियोगिता भएको थियो ।

 

 

बिद्यार्थीको चौतर्फी विकास गर्ने उद्धेश्यसहित आयोजना गरिएको कार्यक्रममा गायनतर्फ सरस्वती माविका अमृत परियार प्रथम, कन्काई माविका बिशाल गहतराज द्वितीय, युवा वर्ष माविका सरोज राई तृतीय र इलाम न्यूलाईट बोडिङ स्कुलका मिङसु हाङ्ग नेम्वाङ सान्त्वना भएका थिए । कुमार सुबेदी र सरोज वत्स निर्णायक रहेको गायन बिद्यामा संगीतालय, कन्फिडेन्ट, प्राबिधिक बिषय, घनिष्टता र शैलीलाई आधार मानी छनोट गरिएको थियो ।

 

 

त्यस्तै एकल नृत्यतर्फ जनता मावि चिसापानीकी रेश्मा सारु मगर प्रथम, नेपाल एकाडेमीकी क्रिसा राई द्वितीय, युवा वर्ष माविका आयुश्मा मगर तृतीय र कन्काई माविका काजल लाम्गादे सान्त्वना भएका थिए ।

 

त्यस्तै सामुहिक नृत्यतर्फ भने युवा वर्ष माबिको समुह प्रथम, कृष्ण माबिको समुह द्वितीय, नेपाल एकाडेमी तृतीय र कन्काई मावि सान्त्वना भएको थियो । नृत्यतर्फ नबिन राय र नृत्य निर्देशक विमल बराईली निर्णायक भूमिकामा रहेका थिए ।

 

प्रतियोगितामा गायन र एकल नृत्यमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमश नगद पाँच हजार, तीन हजार, दुई हजार र एक हजार प्रदान गरिएको थियो भने सामुहिक नृत्यको समुहहरुलाई क्रमश पन्ध्र हजार, दश हजार, पाँच हजार र तीन हजार प्रदान गरिएको जनाईएको छ ।

 

 

माईका नगर प्रमुख दिपककुमार थेबेको प्रमुख आतिथ्यता, उपप्रमुख बिष्णुमाया आचार्य र प्रमुख प्रशासकीय अधिकृत बिष्णुकुमार थेगुवाको बिशेष आतिथ्यतामा शुरु भएको कार्यक्रमको समापनमा उपप्रमुख आचार्य, शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, कार्यपालिका सदस्य कुमारी रैका, स्रोत ब्यक्ति किरण सुबेदीलगायतले पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए ।

 

 

 

 

 

 

 

8Shares