प्रधानमन्त्री ओलीले भाेलि नयाँ वर्षका दिन देशवासीका नाममा सम्बोधन गर्ने

11Shares

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन भोलि देशवासीका नाममा सम्बोधन गर्नु हुने भएको छ ।

उहाँले भोलि बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको जोखिम, पछिल्लो राजनीतिक अवस्था बारेमा पनि नागरिकलाई जानकारी दिनु हुने मन्त्री गुरुङले उज्यालोलाई बताउनुभयो ।

 

11Shares