सोलो हिट फिल्मको खोजीमा नायिका आँचल ।

13Shares

नायिका आँचल शर्माले चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रको यात्रा तय गरेकी हुन् । यो चलचित्रमा नायिका वर्षा राउत पनि मुख्य नायिकाको रुपमा थिइन् ।

चलचित्र हिट भएपनि यसको सम्पूर्ण जस आँचललाई गएन । यसपछि, आँचलले सोलो नायिकाको रुपमा ‘ब्ल्याक, जोनी जेन्टलम्यान’ लगायतका चलचित्रमा काम गरिन् । यी दुबै चलचित्र बक्स अफिसमा सुपर फ्लप भए ।

आँचलले समुहमा काम गरेको चलचित्र ‘शत्रु गते, दाल भात तरकारी’ बक्स अफिसमा हिट भएपनि यसको जस उनलाई गएन । आँचलले सोलो नायिकाको रुपमा काम गरेको चलचित्र बक्स अफिसमा सुपर फ्लप हुँदा उनले समुहमा काम गरेको चलचित्र भने हिट भएको छ ।

यसैले, पनि आँचलले हिट चलचित्रको जस आफूले लिन पाएकी छैनन् । लकडाउनपछि त आँचललाई चलचित्रको नै अभाव छ । उनलाई नयाँ चलचित्र अफर नहुँदा उनी आफै भने होम प्रोडक्शनको चलचित्र बनाउने तयारीमा छिन् ।

उनका श्रीमान् उदिप श्रेष्ठले लगानी गर्ने चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्ने चर्चा समेत चलेको थियो । आँचल सोलो नायिकाको रुपमा हिट हुन चाहन्छिन् ।

यसैले, होम प्रोडक्शनको चलचित्रबाट सोलो रुपमा हिट भएर चलचित्र क्षेत्रमा बलियो भन्ने सोच आँचलको छ । वुझिएअनुसार, आँचलले होम प्रोडक्शनको चलचित्रका लागि केही चर्चित नायकहरुसँग समेत कुरा अगाडि बढाएकी छिन् ।

आँचलको होम प्रोडक्शनको चलचित्र कहिले बन्छ पक्का भएको छैन । तर, आँचल भने सोलो हिटको हुटहुटीलाई पुरा गर्ने दौडमा लागेकी छिन् ।