प्रचण्डको गजन : भन्छन् नेपालमा मेरो हैसियत प्रधानमन्त्री भन्दा माथि छ।

31Shares

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको प्रक्रियामा माआवादीको भूमिका निर्णायक हुने बताउनुभएको छ ।

कपिलबस्तुमा शनिबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन प्रक्रियामा माओवादीले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।

कहिलेकाहीँ प्रधानमन्त्री हुने नहुने भन्ने कुरा महत्वपूर्ण नहुने उहाँले बताउनुभयो । भारतमा महात्मा गान्धी प्रधानमन्त्री र राष्ट्रपति नभएर पनि उहाँको स्थान उच्च रहेको उहाँले उदाहरण दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालमा संघीय लोकन्तन्त्र स्थापनामा आफ्नो भूमिका कुनै प्रधानमन्त्री वा राष्ट्पतिको भन्दाकम नभएको बताउनुभयो ।

म संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न र संविधानलाई कुल्चने प्रयासलाई परास्त गर्न नेतृत्व गरिरहेको छु , मेरो स्थान प्रधानमन्त्री भन्दा माथि नै छ, तल छैन’, उहाँले भन्नुभयो । नेपालको अहिलेको संविधान पूर्ण नभए पनि त्यसले धेरै कुरा सम्बोधन गरेको उहाँले बताउनुभयो ।

नेपालका सामन्तहरुलाई संघीय शासन प्रणाली, समावेशीता, शिक्षा, स्वास्थ्यको अधिकार लगायत मौलिक अधिकार सहितको संविधान स्वीकार्य नभएकोले अहिले त्यसलाई समाप्त गर्न लागेको उहाँले बताउनुभयो ।

उहाँले रुसमा कम्युनिष्ट पार्टीका महासचिवले नै कम्युनिष्ट पार्टी विघटन गरेको बताउँदै नेपालमा पनि केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी समाप्त गर्न खोजेको बताउनुभयो ।

उहाँले संविधानबाट प्राप्त उपलब्धिलाई प्रधानमन्त्रीले समाप्त पार्ने षडयन्त्र गरेको आरोप समेत लगाउनुभयो । प्रतिनिधि सभा पुर्नस्थापनालाई आफूले जीवन मरणको प्रश्न बनाएर लडेको प्रचण्डले बताउनुभयो ।

दुई महिना संघर्ष गरेर प्रतिनिधि सभा पुर्नस्थापित गरेको उहाँले बताउनुभयो । ‘यो नयाँ खालको जनयुद्ध नै थियो’, उहाँले भन्नुभयो ।अझै चुनौती र जटिलता बाँकी रहेको प्रचण्डको भनाइ छ ।

पहिलो व्याटल त जितियो तर युद्ध बाँकी नै छ’, उहाँले भन्नुभयो । इतिहासमा मधेश विरोधी कोही मानिस छ भने त्यो केपी ओली नै भएको उहाँले बताउनुभयो । केपी मधेशी जनताको नाम सुन्न समेत तयार नरहेको उहाँको आरोप छ ।

केही मधेशका मसियाहरु मन्त्री हुनको लागि मधेश विरोधी शक्तिसँग साँठगाँठ गर्न लागेको पनि उहाँले आरोप लगाउनुभयो । उहाँले नेपाल भारत सिमानाको समस्या समाधानको लागि आफूले प्रयत्न गर्ने पनि बताउनुभयो ।

नयाँ सरकार बनेसँगै सिमासमस्या समाधान हुने उहाँको भनाइ छ।