साउदी अरबमा रोजगारदाताको स्वीकृति बिना कम्पनी परिवर्तन र देश छोड्न निम्न शर्तहरू येस्तो छ

116Shares

रियाद,

साउदी अरबमा ऐतिहासिक रुपमा श्रम सुधार भए संगै रोजगारदाताको स्वीकृति बिना रोजगारी परिवर्तन र देश छोड्न पाउने भएको छ ।

 

यो नियाम लागु भए संगै करिब १० मिलियन आप्रवासी कामदारहरू लाभान्वित हुने साउदी सरकारले जनाएको छ । आइतबार देखि अर्थात मार्च १४ देखि भएको श्रम सुधारमा काफाला प्रायोजन प्रणालीमा परिवर्तन संगै आप्रवासी कामदारहरूलाई स्वतन्त्रता प्रदान गरेको छ।

 

कपाला प्रणालीबाट लाभ लिन करारमा रहेकाले १ वर्ष पुगेपछि र करार नभएका वा म्याद सकिएकाले तत्काल नयाँ रोजगारदाता कम्पनीमा जान सक्ने साउदीको मानव संशाधन तथा समाज विकास मन्त्रालयका वरिष्ठ अधिकारी सत्ताम बिन अमेर अलहर्बीलाइ उद्धृत गर्दै अरब न्युजले जनाएको छ ।

 

यसले आप्रबासी कामदारहरूलाई सरकारी सेवाहरूको लागि सीधा आवेदन दिन अनुमति दिनेछ, उनीहरूको रोजगार सम्झौताहरू डिजिटल रूपमा कागजातसहित प्रतिस्पर्धी र निष्पक्षतालाई बढावा दिनेछ ।

 

यसका लागि मन्त्रालयले वेभमै सामान्य अवस्थाका आवेदकका लागि Job Mobility Services र विवाद (मुद्दा भएका)का लागि Labor Disputes प्लेटफर्महरू बनाइ प्रयोगमा ल्याउनेछ र निश्चित प्रकृया र सरकारी दस्तुर तिरेर यो सेवा सुविधा लिनसक्नेछन । रोजगार परिवर्तनको शुल्क नयाँ रोजगारदाताले तिर्नुपर्ने छ ।

 

साथै आइतबारदेखि नै अब साउदी बाहिर बिदामा या घुमफिरमा जान पनि रोजगारदाताको स्वीकृति आवश्यक नपर्ने, मन्त्रालयमै आवेदन दिएर स्वीकृत भएपछि साउदी बाहिर जान सक्ने पनि जनाइएको छ ।

 

यसअघि करार अवधि पूरा गरेर पनि श्रमिकले रोजगारदाता फेर्न पाउँदैन्थे । स्वदेश फर्कनका लागि रोजगारदाताको अनुमति अनिवार्य थियो । रोजगारदाताले अनुमति नदिएमा श्रमिकले चाहेर मात्रै स्वदेश फर्कन सम्भव थिएन । जसलाई कफला प्रणाली भनिन्थ्यो । तर, विदेशी कामदारको हक खोसिएको भन्दै यसको अन्तर्राष्ट्रिय स्तरमै व्यापक विरोध भएपछि साउदीले पनि श्रम कानूनमा सुधारको घोषणा गरेको थियो । आइतबारदेखि नयाँ व्यवस्था लागू भएता पनि यसको कार्यान्वयन कसरी हुन्छ, त्यो हेर्न बाँकी नै छ।

 

यी शर्तहरू पूरा गरेपछि सजिलै कम्पनी परिवर्तन गर्न सकिन्छ ।

 

– कामदारहरूले शुरूको रोजगारदाता कम्पनीमा कम्तिमा १ वर्ष काम गरिसकेपछि रोजगारदाता परिवर्तन गर्न पाउँनेछन,

 

– कामदारसँग सरकारले प्रमाणिकरण गरिदिएको (Notorized) करार पत्र (Agreement) हुनुपर्नेछ,

 

– नयाँ रोजगारदाताले मन्त्रालयको Qiwa वेभसाइटमा नयाँ रोजगारका लागि विज्ञापन गरेको हुनुपर्नेछ र सो को सूचना मन्त्रालयले कामदारको हालको रोजगारदातालाइ दिएर रोजगारदाता परिवर्तन सेवा माग्नेछ,

 

– नयाँ रोजगारदाताले साउदी अरबको प्रचलित कानुन बमोजिम पूर्णतः बैध रही कामदारहरूलाई नियमित तवरमा तलब सुविधा दिएको हुनुपर्नेछ,

 

यस्तो अवस्थामा कामदारले रोजगारदाताको अनुमति बिनै नयाँ रोजगारमा जान पाउनेछन :

 

– हालको रोजगारदाताले ट्रान्सफरका लागि स्वीकृति दिएमा,

 

– साउदी प्रबेश गरेको ३ महिनासम्म पनि प्रमाणित करारपत्र नदिएमा,

 

– ३ महिनासम्म लगातार तलब नदिएमा,

 

– कम्पनी मालिक लामो समयदेखि विदेशमा रहेको, जेलमा परेको, मृत्यु भएको या अन्य कारण अनुपस्थित रहेकोमा,

 

– कामदारको इकामा म्याद सकिएकोमा,

 

– रोजगारदाता मानव तस्करीमा सरिक भएको या अन्य गैर कानूनी कार्य गरेको पाइएमा,

 

– कामदारका उजुरीमा श्रम अदालतले तारेकमा बोलाउँदा लगातार २ पटकसम्म अनुपस्थित रहेकोमा ।

116Shares