मौका पाए गरिबको पनि दिन आउँछ सचिनले विद्यालयनै टपे गरेपछि बधाई को ओइरो लाग्यो

231Shares

काठमाडौं ।‘असाध्यै पढ्न मन छ तर घरको अबस्था निकै क`मजोर छ त्यसैले पढ्न छाडेर बसेको छु हजुर । कुनै बेला सचिन परियारले आफ्नो अन्तरवा र्तामा आफुले आर्थिक अभाव का कारण बिचैमा पढाई छाड्नु परेको दु:खेसो गरेका थिए ।आफुसगं अथाह प्रतिभा भएपनि उनीसगं न त प्रस्तुत गर्ने माध्यम थियो न त व्यक्त गर्ने साधननै ।“उनीसगं भएको प्रतिभाका साथै विचैमा पढाई छाड्नु परेको भिडियो विभिन्न सञ्चार माध्यममा आयो । गुल्मी का सचिन परियारको प्रतिभा देखेर ईन्द्रेणीका कृष्ण कडेंल ले काठमाण्डौ लिएर आउन आग्रह गरे ।गुल्मीका पत्रकार हरु मोहन बस्नेत, जीवन पाण्डे, दिपक नेपाली लगायतका पत्रकारले उनलाई काठमाण्डौको ईन्द्रेणीसम्म पुर्याए ।

 

“ईन्द्रेणीमा उनले देखाएको प्रतिभापछि सचिन ले पछाडी फर्केर हेर्नुपरेन । ९ वर्षकै उमेरमा आफ्नो प्रतिभाका कार ण भाईरल सचिनलाई यतिबेला गीतसगींत र विभिन्न टेलि श्रृङ्खला हरुमा प्रस्तुती दिनका लागि भ्याई नभ्याई छ ।यसका अलबा उनले पढाई पनि गरिरहेका छन् ।“उनको सबैभन्दा ठुलो पढ्ने सपना पुरा भएको छ । काठमाण्डौको हिमाली बोर्डिङ् स्कुलमा पढ्दै गरेका उनले आन्तरिक परिक्षामा विद्यालय नै टप गर्न सफल भएका छन् । एल.केजीमा अध्ययनरत उनले सबै विषय मा १०० अकं ल्याई विद्यालय प्रथम भएका हुन् ।

 

“गीतसगींत मात्रै नभएर उनको पढाई प्रतिको लगनशीलता पनि नतिजाले देखाएको छ । उक्त विद्यालयमा ईन्द्रेणीका बाल कलाकार मिलन टमाटा, तिर्थ राज घिमिरे लगा”यतले पनि पढ्दै आएका छन् । ईन्द्रेणीले आफ्ना ३ जना बाल कलाकारहरुले नै विद्यालयमा राम्रो अकं ल्याई अध्ययन गरेमा र विद्यालय वा क्लास प्रथम भएमा विद्यालयलाई ५० हजार पुरस्कार दिने तैयारी पनि गरेको छ ।

 

“विद्यालयका प्रिन्सिपल नेत्र प्रसाद उपाध्यायले सचिनको पढाई देखेर उक्त पुरस्कार पाउने आशा बढेको बताउनुभयो । सचिन परियार हप्ताको ४/५ दिन मात्रै विद्यालय जाने गरेका थिए । प्राय अन्य समयमा सुटिङ र गीतसगींतमै व्यस्त रहने सचिनले विद्यालय नै प्रथम हुन सफल हुनुले उनको क्षमता उच्च स्तरको छ भन्ने प्रमाणित भएको उहाँले बताउनुभयो ।“ईन्द्रेणीकै सहयोगमा उक्त स्कुलमा पढ्दै आएका सचिन आ’फुले क्लास टप गर्न सफल भएकोमा खुसी व्यक्त गरे । त्यस्तै उनका बाबु तेजेन्द्र परियार पनि छोराको प्रगतीप्रति खुसी नहुने कुरै रहेन । बाबु तेजेन्द्रले अहिले काठमाण्डौमै बसेर सचिनको स्या’हारसुसार गर्दै आएका छन् ।

 

“विद्यालय पठाउने ल्याउने देखि विभिन्न सुटिङको समय व्यवस्थापन गर्ने काम समेत तेजेन्द्रले गर्दै आएका छन् ।आर्थिक अभावका कारण २ कक्षासम्म पढेर पढाईलाई बिचमै विश्राम गरेका उनको पढ्ने सपना त पुरा भयो नै सानै उमेरमा यति ठुलो सफलता देखेर अहिले सबैलाई चकित पारेका छन् ।“सचिनका हरेक गीतसगींत दर्शक श्रोताले निकै रुचाई दिएका छन् । उनले मेरी बास्सैमा समेत अभिनय गरि सकेका छन् ।बालक अवस्थामै उनको विलक्षण कला सगैं उनको आर्थिक अवस्था देखेर ईन्द्रेणी समुहले उनलाई पढाउने निणर्य गरेको थियो । अहिले उनी ईन्द्रेणी समुहसगैं बस्दै आएका छन् ।

 

“सचिन परियारले विद्यालय प्र’थम भएको खबरले ईन्द्रेणी का सञ्चालक कृष्ण कडें’लले पनि खुसी व्यक्त गर्नुभएको छ ।उहाँले आफुहरुले जुन सपना देखेर सचिनलाई ईन्द्रेणी मा ल्याएको हो त्यो सपना पुरा हुन लागेको बताउनुभयो ।“त्यस्तै उक्त विद्यालयमा पढ्ने ईन्द्रेणी समुहका अन्य बाल कलाकारले पनि यसै गरी अध्ययन गरी आफ्नो नाम उच्चो गराउन आग्रह गर्नुभयो।

231Shares