जेष्ठ नागरिकलाई पहिलो चरणको कोभिड -१९ को खोप

40Shares

बिरेन्द्र साह बिरगंज २८ फागुन । आज पर्साको कालिका माई गाउँपालिकामा जेष्ठ नागरिकलाई पहिलो चरणको कोभिड 19 को खोप covid covisold लगाइएको छ।

 

आज कालिका माई गाउँपालिका अन्तर्गत पर्ने 5 वटा वडाहरूमा रहेको हरेक स्वास्थ्य सेवा केन्द्रमा 65 वर्ष उमेर पुगेको सबै सर्वसाधारण,पहिला लगेको खोप वाट छुटेका महिला स्वयम् सेवक र सार्वजनिक

सवारीसाधन चालकलाई लगाउने र CTEVT बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य सेवा सम्बन्धी अध्ययन गरी गाउँ टोलमा उपचार गर्ने व्यक्तिलाई खोप लगाउने कार्यक्रम रहेको वडा नम्बर 2 का वडा अध्यक्ष सोनालाल प्रसाद चौरसियाले बताउनु भयो।

 

वडा नम्बर 2 को स्वास्थ्य सेवा केन्द्र भेडिहारीमा कालिका माई गाउँपालिका का प्रमुख नथुनी प्रसादले खोप लगाएर खोप लगाउने कार्यको सुरुवात गर्नु भएको हो।

 

स्वास्थ्य सेवा केन्द्र भेडिहारीका स्वास्थ्य चौकी प्रमुख हेअ सन्त प्रसाद कमकरका अनुसार covid covisold लगाएका कुनै व्यक्तिमा ज्वरो आउने सक्ने, टाउको दुख्ने, केहि नआतिन सर्वसाधारणलाई आग्रह गर्नुभयो।

40Shares