विद्यालय कर्मचारीहरुको २० प्रतिशत तलब कट्टा,फिर्ता नभए सबै कार्य ठप्प गर्ने घोषणा

42Shares

तारकेश्वर गाउँपालिकामा विद्यालय कर्मचारीहरुको २० प्रतिशत तलब कट्टा,फिर्ता नभए सबै कार्य ठप्प गर्ने घोषणा

 

नुवाकोट ।

 

नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका अन्तर्गत सम्पुर्ण विद्यालय कर्मचारीहरुको खाइपाई आधार तलबको २० प्रतिशत कट्टा गरिएको छ।

 

कट्टा गरिएको रकम अविलम्ब पुन: फिर्ता गर्न सबै विद्यालयका कर्मचारीहरुले माग गरेका छन । उक्त मागहरुलाई बेवास्ता गरेमा चरणबद्ध आन्दोलनका कार्याक्रमहरु अघि बढाउने र सम्पुर्ण लेखा तथा प्रशासनिक कार्य ठप्प गर्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

 

गाउँपालिका अन्तर्गत सम्पुर्ण विद्यालय कार्मचारीहरुले आ.व. २०७६/२०७७ को श्रावण महिना देखि खाइपाई आएको आधार तलब २० प्रतिशतले हुन आउने थप रकम यसै आ.व.२०७७/२०७८ को मङ्सिर देखि कट्टा गरिने २०७७/११/०९ गते बसेको तारकेश्वर गाउँपालिका स्तरीय प्रधानध्यापकको बैठकबाट जानकरी दिएका थिए ।

 

यस निर्णयले सम्पुर्ण कर्मचारीहरुको मुखको गाँस खोसेको र कुनै पनि कार्यलय तथा विद्यालयका काम चुस्त,दुरुस्त तथा तन्तुरुस्त राख्न त्यहाँका कर्मचारी हरुको मनोबल उच्च हुनु पर्ने तर गाउँपालिकाको उक्त निर्णयले सम्पुर्ण कर्मचारीहरुको मनोबल बढाउने नभई निराशा र अतोत्साही भएकाले गाउँपालिकाले गरेको निर्णय प्रती बिरोध तथा आपत्ति जनाएको छ ।

 

साथै विद्यालय कर्मचारीहरुले विद्यालयको लेखा अद्यावधिक गर्ने तथा दैनिक प्रशासनिक कार्य गर्ने मात्रै नभई विद्यालयमा आफ्नो विषय,क्षमता र अनुभवका आधारमा कक्षाहरु पनि अध्यापन गरि अन्य शिक्षक साथिहरु सरह विद्यालयमा बिताइ रहेको जानकारी समेत गराएका छन ।

 

42Shares