बिन्दबासनी गाउँपालिका अध्यक्ष श्रीलाल साह मोदीद्वारा श्री नेराप्राबी मधवलको बिधालय अनुगमन

4Shares

राजन कुमार बानिया
बिन्दबासनी १३ फागुन
पर्साको बिन्दबासनी गाउँपालिका अध्यक्ष श्रीलाल साह मोदी ले अाज गाउँपालिका को वार्ड नं ४ मा रहेको श्री नेराप्राबी मधवल को बिधालय लाई अनुगमन गर्नु भएको थियोे ।

 

मधवल बिधालयको अनुगमन गर्दै अध्यक्ष मोदी ले मेरो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य रहेको ले बिषेश गरि भौतिक निर्माण को साथै शिक्षा र स्वास्थ्य मा ध्यान रहेको छ।बिधालय अनुगमन को क्रममा शिक्षक र अभिभावक हरु संग बिधालय को समस्या बारे जानकारी लिनु भएको थियो र साथै बिधालय का बिधार्थी हरु संग पठन पाठन बारे जानकारी लिनुभएको थियोे ।

 

बिधालय को भवन र सौचालय को बारे मा शिक्षक हरु ले जानकारी गराउनु भएको थियोे ।बिधालय को समस्या बुझदै गाउँपालिका का प्रमुख प्रसाशकिय अधिकृत मुना कुमार रौनियार , बिधालय सुधार मा कुनै कसर बाकि नराखन अाग्रह समेत गरेका छन ।

 

बिधालय मा रहेका दलित तथा जेहनदार ,गरिब बिधार्थी हरु लाई छिटै नै बैग ,पोसाक,समेत स्टेशनरी हरु बितरण गरिने जाकारी समेत दिनु भएको थियोे । शिक्षक हरु को ईमान्दारीता ले बिधालय हरु मा पठन पाठन मा सुधार देखिएको ले धन्यवाद समेत अध्यक्ष मोदी ले दिनु भएको थियो ।

 

बिधालय सुधार को लागी गाउँपालिका बाट सहयोग रहने बताए ।प्रमुख प्रसाशकिय अधिकृत मुना कुमार रौनियार ले अनुगमन गर्दै भने बिधालय हरु मा दिवा खाजा संचालन मा रहेको ले बिधार्थी संख्या बढेको मा शिक्षक हरु लाई नअातिकन अाग्रह समेत गर्नु भएको थियो। बिधार्थी संख्या बढेपनी दिवा खाता मा गाउँपालिका कार्यालय ले सहयोग गरिने बताए ।

 

बिधालय मा संख्या अनुसार को शिक्षक समेत पद पुर्ती गरिने बताए ।शिक्षक हरु लाई कुनै किसिम का समस्या अाएमा ढुकभएर म संग समपर्क गर्न अाग्रह समेत दिनु भएको थियोे ।

 

अनुगमन को क्रममा ईन्जिनियर संतोष साह, नरेश प्रसाद चौहान,सब ईन्जिनियर नागेन्द्र कुशवाहा,सब ईन्जिनियर बिसाल जैसवाल,श्यामबाबु प्रसाद, रमेश साह तेली,प्रअ कन्हैया प्रसाद तेली,चन्द्रिका साह,लगायत को सहभागिता रहेको थियोे ।

4Shares