पूर्वरानी शाहको जन्मोत्सवमा पारस-हिमानीको भेट !

21Shares

झापा – पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच शुक्रबार भेट भएको छ। झापाको होटल मेची क्राउनमा पूर्वयुवराज दम्पत्तीबीच भेट भएको हो।

पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा पारस र हिमानीबीच भेट भएको हो । जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको जनाइएको छ ।

यसअघि पारसबाहेक राजपरिवारका सदस्य जन्मोत्सवमा सहभागी हुने बताइए पनि पोखरामा रमाउँदै गरेका उनी एकाएक मेची क्राउनमा पुगेका थिए ।

पारस उक्त कार्यक्रममा पुगेपछि हिमानीसँग केही कुराकानी समेत भएको जनाइएको छ । हिमानी र पारससहितको सपरिवारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ ।

गत बुधबारदेखि नै पूर्वराजपरिवारका सदस्यहरु उक्त होटेलमै रहेको जनाइएको छ । पूर्व राजा शाह दम्पती भने केही महिना अघिदेखि नै झापामा रहँदै आएका थिए ।

शुक्रबारको जन्मोत्सव शुभकामना दिन केही राजावादी तथा राजसंस्था पक्षधरका स्थानीय नेताहरू पनि पुगेको जनाइएको छ ।

यसअघि ७१औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीवार जारी शुभकामना सन्देशमा पूर्वराजाले निशेष र विभेदको राजनीति शुरु भएको आरोप लगाएका थिए ।