सहिदका बगेका रगत ताजै छन,संगसंगै हिडेका पाइलाहरु ताजै छन,भिडियो सार्बजनिक

22Shares

सहिदका बगेका रगत ताजै छन,संगसंगै हिडेका पाइलाहरु ताजै छन,भिडियो सार्बजनिक

२६ औं जनयुद्ध दिवसको सन्दर्भमा बरिस्ठ जनवादी गायक मोहित श्रेष्ठले नेपालको दश बर्षे जनयुद्धको ताजै झल्को आउने गरि आफ्नै युटुव च्यानल मार्फत क्रान्तिकारी मार्मिक भिडियो गीत सार्बजनिक गरेका छन।

लामो समय यो परिबर्तनको खातिर जीवन परिबर्तन मै सुम्पिएका मोहित श्रेष्ठले २०५२ साल फागुन १ गते देखि सुरु भएको महान जनयुद्धको आज फागुन १ गतेकै दिन जनयुद्ध दिवस पारेर ” संगसंगै हिडेका पाइला ताजै छन,सहिदका रगत अझै आलै छन भन्ने भिडियो गीत सार्बजनिक गरेका हुन।

नेपालको राज्यव्यवस्था परिवर्तनको लागि जनताको घरदैलोमा क्रान्तिका गीत गाउदै जनताको मुक्ती नागरिक स्वतन्त्रता ,सामाजिक समानता मौलिक अधिकारको लागि अतुलनीय योगदान समेत दिएका जनवादी गायक मोहित श्रेष्ठको आफ्नै रचनामा बर्तमान राजनीतिक परिघटनालाई समेत ध्यानाकर्षण गरेको छ।

जनता जनार्दन हुन ,जनताको मौलिक अधिकारको निम्ति ,देश बिकासको निम्ति,समृद्धि नेपालको निम्ति एकपटक फेरि क्रान्तिका नायकहरु एक भएर सहिदका सपना ,बेपत्ता योद्धा हरुको योगदान ,सहिद परिवारहरु चाहाना अनुसार एक भएर लाग्न समेत यो भिडियो गीतले अभिप्रेरित गर्नेछ।
तलको लिङ्कमा पूरा भिडियो ।

 

 

22Shares