मलेसियामा जारी एमसिओको अर्थात् लकडाउन अवधी १८ तारिखसम्मको लागी थप

137Shares

[ आरएन चौधरी थारु ]

 

क्वालालम्पुर ( मलेसिया ):= अहिले मलेसियामा कोरोना भाइरस ( कोभिड-१९) को माहामारीले दिनहुँजसो भारी संख्यामा कैयौं मानिस हरु को मृत्यु हुने गरेको छ , र हजारौंहजार संक्रमित फेला परिरहेको छ।

 

कोरोना संक्रमण लगातार ह्वात्तै बढ्दै गैइरहेकोले मलेसिया सरकारले गत महिना जनवरी १३ तारिखदेखीनै यहीँ महिना फेब्रुअरी ४ तारिखसम्मको लागी कोरोनालाई मलेसियामा नियन्त्रण गर्न , अन्य मानिसमा फैलिन नदिन मोभमेन्ट कन्ट्रोल अर्डर , आवागमन नियन्त्रण आदेश ( एमसिओ , लकडाउन ) जारी गरेको छ्।

तर सरकारले मलेसियामा जारी मोभमेन्ट कन्ट्रोल अर्डर (एमसिओ) को अवधी बढाएर यहीँ महिना फेब्रुअरी ५ तारिखदेखी १८ तारिख सम्मको लागी पुनः अवधी थप गरेको छ।

[ तस्बिरमा मलेसियाको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री यालोब ]

मलेसियाको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोबले स्थानीय सञ्चारकर्मीहरु संगको पत्रकार सम्मेलनमा बोल्दै भने, ” सारावाक बाहेक कोरोनाको जोखिम उच्च रहेको मलेसियाको विभिन्न राज्य र क्षेत्रहरु क्रमशः पेनाङ , सेलाङ्गर , मेलाका , क्वालालम्पुर , पुत्राजाया , लाबुवान , जोहोर , केलान्तान , साबाह , केडाह , पेराक , नेगेरी सेम्बिलान , पाहाङ्ग , तेरेङ्गानु र पेरलिसमा आउदो महिना फेब्रुअरी ४ तारिखसम्मको लागी जारी एमसिओको अवधी थप गरिएको रक्षामन्त्री साब्रीले बताए।

साथै यस् एमसिओ भित्र कोरोना संक्रमण उच्च रहेको क्षेत्र,राज्य हरुमा मुख्य मुख्य ठाउँ – ठाउँमा रोड ब्लक गरि मलेसियन प्रहरी र आर्मी समेत परिचालन गरि कडाईका साथ चेकजाँच गरिरहेको साथै कोरोना सम्बन्धि एसओपी पालना नगर्ने हरु स्वदेशी , विदेशी कसैलाई पनि माफी नदिइने , कडा कारवाही गरिने रक्षामन्त्री साब्रीले बताएको छ।

साब्रीले बताए अनुसार जारी एमसिओ अवधीमा एक राज्यबाट अर्को राज्यमा यात्रा गर्न निस्केको क्रममा सयौंको संख्यामा अबैधानिक (ईलिगल) विदेशी कामदार हरु पक्राउ परेको र ती सबैलाई डिटेन गरिने बताएको छ।
साथै एसओपी पालना नगर्ने कैयौं स्वदेशी , विदेशी मानिसहरु लाई पक्राउ गरि जेल चलान गरिएको र जरिवाना बापतको शुल्क समेत तिर्न लगाइएको बताएको छ।

137Shares