हेरौं यी ६ अभिनेत्री : जो चलचित्रमा धेरै सफल भए तर प्रेममा भने पटक पटक फेल खाए

11Shares

पहिलो प्रेम स्मणीय प्रेम भन्ने गरेका छन् । प्रेमको फिलिङ पहिलो पटक अनुभूत गरिने भएकाले कहिल्यै भुल्न नसकिने हुन्छ । धेरै जसाे फष्ट लभ सफल हुदैँन् ।

 

 

 

तर, कसैकसैकाे पहिलो प्रेम सुखद् रहेको पाइन्छ । नेपाली फिल्मी क्षेत्रमा पनि त्यस्ताे देखिएकाे छ । नेपाली केहि यस्ता हिरोइनहरु छन्, जसले पहिलो प्रेम र त्यसपछिका प्रेममा असफल प्राप्त गरे ।

 

 

निता ढुंगाना

 

चकलेटी नायिका निता ढुंगाना र आमेष भण्डारीको जोडीलाई मिलेको जोडीको रुपमा परिचित थिए ।

 

 

 

आमेष र निताको ४ वर्ष लामो प्रेम सम्बन्ध राम्राे हुन सकेन । अहिले दुवै एकअर्कालाई भुल्ने प्रयास गरिरहेका छन्। नीता र आमेषको जोडीबीच आपसी असमझदारी र शंका कारण समबन्ध बिग्रेकाे हाे ।

 

 

 

उनीहरु दुवैले अभिनय गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’देखि उनीहरुको विवाद उत्कर्षमा पुगेको थियो । त्यही विवादका बढ्दैं गएपछि उनीहरु एकअर्कासँग छुट्टिएका छन् ।

 

 

 

मलिना जोशी

 

सन् २०११ की नेपाल सुन्दरी मलिना जोशीको पनि प्रेम सम्बन्ध पनि टुटेको छ ।

 

 

ऋतु’, ‘द वीनर’जस्ता फिल्ममा नायिका रहेकी मलिना र मोडल तथा नायक अनुपविक्रम शाहीबीच मलिना मिस नेपाल भएकै केही समयमै प्रेम सम्बन्ध जोडिएको बताइन्छ ।

 

 

 

उनीहरुको प्रेम सम्बन्ध टुटेको छ । खासै चर्चामा नआएको यो जोडीको ब्रेकअपका विषयमा गत वैशाखमा एक कार्यक्रममा राखिएको जिज्ञाशामा मलिनाले आफूहरुबीच प्रेम नै नरहेको बताएकी थिइन ।

 

 

 

अनुपविक्रमले भने आफ्ना निकटकाहरुसँग मलिनासँग ब्रेकअप भएको बताउँदैं आएका थिए । उनीहरुसँगै हिड्ने र सँगै घुम्ने गरेका तस्विरहरु पनि सामाजिक सञ्जालमा नछाएका होइनन् ।

 

 

 

अनुपविक्रम र मलिनाका आकर्षक सेल्फीहरु पनि मिडियामा देखिएका थिए । अहिले उनीहरु दुवै अलग भइसकेका छन् ।

 

 

 

नम्रता श्रेष्ठ

सुन्दरी र राम्रो अभिनय गर्ने नायिकाका रुपमा नम्रता श्रेष्ठको चर्चा हुन्छ । नम्रता पनि प्रेममा असफल हुने नेपाली हिरोइनमा पर्छिन् ।

 

 

 

उनको पहिलो प्रेम रेमनदास श्रेष्ठसँग रहेको कुरा सार्वजनिक भएको थियो । त्यो प्रेम सफल हुन सकेन ।

 

 

 

उनलाई कतिपयले त इन्टेलेक्चुअल र सम्पन्न नायिकाका रुपमा पनि चिन्दैं आएका छन् । अभिनयमा समेत प्रखर मानिने यी नायिकाको प्रेम सम्बन्ध धनाढ्य म्यानपावर ब्यवसायी प्रेम घलेसँग जोडियो ।

 

 

 

प्रेम घलेसँगको प्रेम सम्बन्ध टुंगिएको चर्चा जतिबेला आयो ठीक त्यहिबेला उनी स्टीभव दावा शेर्पाको प्रेमको परेको खबर सार्वजनिक भयो ।

 

 

 

सुष्मा कार्की

 


नायिका सुष्मा कार्की पनि प्रेममा असफल हुने नायिका हुन् । यी नायिका एक समय निरन शाहीसँग गहिरो प्रेममा थिइन । सार्वजनिक रुपमा पनि निरन र सुष्माको जोडीको निकै चर्चा हुने गरेको थियो ।

 

 

 

कतिसम्म भने निरनको प्रेममा पागल प्रेमी बनेकी सुष्माले आफ्नो शरीरमा निरनको नामको ट्याटु समेत बनाएकी थिइन । तीन वर्ष प्रेम सम्बन्धमा रहेको यो जोडी आपसमा विवाद बढेपछि २०७१ साउनमा एकअर्काबाट अलगिएको हो ।

 

 

 

सुष्माका प्रेमी निरन उनलाई सार्वजनिक स्थानमै कु’ट’पी’ट समेत गर्थे । सुटिङ होस वा रेष्टुरेष्टमा उनीहरुबीच कु’ट’पी’ट भएका खबरहरु खुबै आए ।

 

 

 

सार्वजनिक स्थानमै कु’ट’पी’ट गर्न थालेपछि सुष्माले निरनबाट ब्रेकअप लिएकी हुन् । उनको नाम निर्देशक सुदर्शन थापासँग जोडिएर चर्चामा पनि आएको थियो ।

 

 

 

 

नम्रता सापकोटा

 

 

नायिका नम्रता सापकोटा पनि प्रेममा विछोडको पीडा झेल्ने नायिका पर्छिन। एक समय उनको सागर श्रेष्ठसँग गहिरो प्रेम थियो।

 

 

 

यो जोडीको २ वर्षसम्म प्रेम सम्बन्ध २०७१ सालको भदौतिर ब्रेकपअमा टुंगिएको थियो । आपसमा विचार नमिलेपछि नम्रता र सागर अलग भएका हुन् ।

 

 

 

कतिसम्म भने नम्रताले प्रेमीसँगका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आफू सागरको प्रेममा पग्लिएको बताउँदैं आएकी थिइन ।

 

 

 

जेनिशा केसी

 

कुनै समय विराज भट्टसँग नाम जोडिएर चर्चामा आएकी नायिका जेनिशा केसीको पनि ब्रेकअप भएको छ । प्रेम सम्बन्धमा रहेकी यी नायिकाले आफ्नो ब्रेकअप भएको बताएकी छिन् ।

 

 

 

एक अनलाइनसँगको कुराकानीमा उनले आफ्नो ब्रेकअप भएको कुरा स्वीकार गर्दै विगतका पललाई नकोट्याउन आग्रह गरिन् । ‘भो विगतका पलहरुलाई नकोट्याउ,’ उनले भनिन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

11Shares