काठमाण्डौ – सबैको रहर हुन्छ कुनैपनि ब्यबसाय गर्दा राम्रो कमाई होस् र काठमाण्डौमा या मनपरेको ठाँउमा सानो एउटा झुपडी जस्तै घर होस्।
हो त्यस्तै सपना थियो सुन्तली दिदीको आज निरन्तरको मेहनतले पुरा भएको छ । अनामनगर अबस्थित एक सानो घरमा सुन्तली दिदीको पानीपुरी तथा चटपटे पसल छ।
दिदि बिहानै देखि ब्यापार सुरु गर्छिन। बिहान किराना सामग्री बिक्रि गर्छिन भने दिउँसो उनि चटपटे पानीपुरी देखि अन्य बिभिन्न सामाग्रीको ब्यापार गर्छिन।
त्यसैले पनि हुन सक्छ यी दिदि ५ बर्षमै यति धेरै सफल छिन। काठमाण्डौमा घर समेत बनाइसकेकी दिदिसँगको हेरौ बिशेष कुराकानी :
https://youtube/CmoUCfwkshQ
यो पनि : काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विरुद्धको खोप सबै नेपालीले नि:शुल्क पाउने बताएका छन्।
खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई नि:शुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन्।
सबै नेपालीलाई खोप नि:शुल्क हुन्छ र प्राथमिकताका आधारमा सबैलाई दिइन्छ, यसमा तपाईँ सबै निश्चिन्त हुनुहोस्,’ प्रधानमन्त्री ओलीले भने।
उनले १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरे। उनले अहिले खोप लिएकाहरूले २८ दिनपछि खोपको दोस्रो डोज लिनुपर्ने भन्दै त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिए।
विश्वव्यापी महामारीको रूप लिएको कोरोनाले शक्तिशाली राष्ट्रहरूलाई समेत अफ्ठेरो पारेको भन्दै नेपालले भने डटेर सामना गरेको प्रधानमन्त्री ओलीले दावी गरे।
उनले कोभिड विरुद्ध खटिने स्वास्थ्यकर्मीहरूलाई धन्यवाद र मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।