सरु गैरेका उत्कृष्ट सबैको मन छुने सिर्जना ।।।।

183Shares

मेरो जीवनको रहरमा, विभेद छ।

जहाँ म छु त्यो सहरमा, विभेद छ।

बाचुञ्जेल यो विभेद खेप्नै पर्ने होला ,

त्यसैले त मेरा हरेक रहरमा, विभेद छ।

रातको जुन र बिहानीको घामको के कुरा,

रात दिन हर प्रहरमा विभेद छ।

क्षितिजको घेराभित्र नियालेर हेर्छु ,

यस्तो लाग्छ ताराहरुको लहरमा , विभेद छ।

मेरो जीवनको रहरमा, विभेद छ।

जहाँ म छु त्यो सहरमा , विभेद छ।।।।

सरु गैरे।

 

कलमको गुनासो ……

अौँसी र त्यो पूर्णिमाको, रात फरक छ।
तिम्ले गर्ने मैले गर्ने , बात फरक छ।
टुङ्गियो यात्रा अब मेरो पछि, नअाऊ तिमी ,
किनकि तिम्रो मेरो, जात फरक छ।
किन गर्ने छुट्ने माया बाटो मोडौ, अब हामी ,
तिम्ले गर्ने मैले गर्ने मायाको , साथ फरक छ।
भन्न त भन्छौ तिमी सँगै जिउँछु , सँगै मर्छु,
सँगै मर्ने कसम नखाऊ तिम्रो मेरो , घाट फरक छ।
हामी दुईको जात अनि सोच पनि फरक छ,
फरक- फरक सोचाईको , अाट फरक
अौँसी र त्यो पूर्णिमाको , रात फरक छ।
तिम्ले गर्ने मैले गर्ने , बात फरक छ।।
– सरु गैरे

 

जिन्दगीको लामो यात्रापछि मलाई छोड्छु भन्यौरे हो। अरु पाए सजिलै मसँगको नाता तोड्छु भन्यौरे हो। मौसमजस्तै बदलिदो रहेछ खै किन तिम्रो मन, के सुन्दैछु म यो दोबाटोमा पाईला मोड्छु भन्यौरे हो। हामी भेट्ने दोबाटोमा मिली फुल रोप्या थियौं , त्यो फुल अाज एक्लै गोड्छु भन्यौरे हो। साँचो माया गर्नेलाई थाहा हुन्छ माया के हो , धोका दिने तिमी नयाँ नाता जोड्छु भन्यौरे हो। जिन्दगीको लामो यात्रापछि मलाई छोड्छु भन्यौरे हो। अरु पाए सजिलै मसँगको नाता तोड्छु भन्यौरे हो।।।

 

डर लाग्छ तिम्रो माया पोखिन्छकि कतै।

भेट्न नपाई यो ढुकढुकी रोकिन्छ कि कतै।

भन्न त भन्छौ तिमी साँचो माया गर्छु सधैं ,

शंका लाग्छ चट्टानमा मन ठोकिन्छ कि कतै।

पिरतीमा धनी , गरीब , सानो ठूलो हुन्न भन्दै,

तराजुमा सच्चा माया जोखिन्छ कि कतै।

सबै भन्छन् संसारमा अमुल्य छ सच्चा माया,

त्यहि मायाको मुल्य पनि तोकिन्छ कि कतै।।।।

डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै।

भेट्न नपाई यो ढुकढुकी रोकिन्छ कि कतै।।।

सरु गैरे

 

183Shares