यतिबेला कोरोना भाइरस कोभिड १९ को कारण विश्व नै अस्तव्यस्त छ केहि देश हरु सामन्य तर्फ फर्किए पनि अधिकांस मुलुकहरु कोभिड विरुद्धको लडाइँमा नै छन यो अहिले खाडी मुलुकमा पनि उच्च जोखिमको रूपमा नै रहेको छ भने खाडी मुलुकमा कार्यरत नेपालीहरु यो बाट उच्च जोखिम मोलिरहेका छन अहिले आधिकारिक तथ्यांक नभए पनि करिबकरिब ६५ देखी ७० लाखको हाराहारीमा नेपालीहरु नेपाल बाहिर विश्वका विभिन्न मुलुकमा वैदेशिक रोजगारीको सिलसिलामा कार्यरत छन भन्ने पछिल्लो अनुमान छ । यसमा पनि खाडी मुलुकमा नै ठुलो संख्या रहेको छ लगभग २० देखी ३० लाख हाराहारीमा अहिले खाडी मुलुक युएई, साउदी अरेबिया,बहराइन, कतार, कुवेत,ओमन तथा मलेशियामा श्रमिकको रूपमा कार्यरत रहेका छन ।

अहिले कोभिड को कारण धेरै जस्तो रोजगार दाता कम्पनीहरु पनि अस्तव्यस्त भएका छन यस्को प्रत्यक्ष मारमा श्रमिकहरु परेका छन यतिबेला किनभने बिगत ५ महिना देखिको निरन्तर बन्दाबन्दी अर्थात लक डाउनले नाजुक अवस्थाको सिर्जना भएको छ नेपाली श्रमिकहरु पनि अहिले खान बस्न कै लागी समेत समस्यामा परेका छन अहिलेसम्म यो बारेमा सरकारले खासै कुनै प्रभावशाली योजना ल्याएर अलपत्र नागरिकलाइ उद्वार गर्न नसक्नु दु:खद कुरा हो ति अलपत्र श्रमिकलाइ प्रवासमा रहेका केहि सक्रिय संघ संस्थाहरुले खाद्यान्न सहयोग केहि वासस्थानको व्यवस्था गरेपनि यो समस्या समाधान असम्भव छ किनभने पीडित र अलपत्रको संख्या दिनानुदिन बढने क्रममा छ सबै तिर गरेर दैनिक हजारौं नेपाली श्रमिकको भिसा अवधी सकिरहेको छ ।
तसर्थ यो बारेमा सरकार गम्भीर नहुनुका यि कारण हरु हुन सक्छन् ।
१, खाडीमा श्रम गरिरहेका नेपालीहरु कुनै धनी वर्गका होइनन उनीहरु र उनीहरुको पहुँच उपल्लो निकाय सम्म छैन उनिहरुको कुनै च्यानल र लिन्क छैन उपल्लो निकाय संग अर्कोतिर उनिहरु सामाजिक संजाल र मिडियाहरुको पहुँचमा पनि हुन नसक्नु ।
२, खाडीमा रहेका कुनै पनि नेपालीहरु नेपालका राजनीतिक दलका सक्रिय नेता कार्यकर्ता नहुनु किनभने पहुँच वाला र उच्च स्तरीय नेताका आफन्तजन नातेदार खाडीमा श्रम गर्न आउदैनन तसर्थ पनि यि श्रमिकको बारेमा उनीहरुको चासो चिन्ता नहुनु ।

३, नेपालका राष्ट्रिय मिडियाहरुले पनि खाडीमा अलपत्र श्रमिकका समस्या को हेडलाईन बनाउदा उपल्लो निकायको कुनै स्यावासी र धन्यवाद नपाउने भएको हुदा नेताहरु लाइ रुघाखोकी लागेले पेट दुखेको सामन्य ज्योरो आएको समाचार बनाउन व्यस्त छन किनकि सबै पछी लाग्ने पहुँचवालाकै हो तसर्थ राष्ट्रिय मिडियाका हेडलाईनमा खाडिमा अलपत्र श्रमिकको समस्या ले स्थान नपाउनु ।
४, खाडीमा रहेका अधिकांस श्रमिकहरुका समस्या समाधान गर्न सक्ने पर्याप्त जनशक्ति र श्रोत अहिले दूतावासमा पनि छैन । भने केहि देशका दूतावास हरु श्रमिकका समस्या बारे गम्भीर हुदैनन बरु आफ्ना सम्पर्क नम्बर हरु नै परिवर्तन गर्नु लाइ उपयुक्त समाधान रहेको निष्कर्ष निकालिनु ।
५, श्रमिकको पक्षमा काम गर्छौ भन्दै चर्को भासण गर्नेहरू यतिबेला मौन हुनु र श्रमिकका पक्षमा भनिएका खोलिएका संघ संस्थाहरु एक जुट भएर राज्यको ध्यानाकर्षण गराउन नसक्नु ।
६, सरकारमा भएका र पुगेका हरु श्रमिक वर्गको उपयोग बाट नै पुगेका भए पनि अहिले उनीहरुको स्वार्थ पुरा भएको हुदा उनीहरुको ध्यान पनि श्रमिक माथी नपर्नु स्वाभाविक हो किनकि उनिहरुले आफ्नो वर्ग नै परिवर्तन गर्न सफल भैसकेको अवस्थामा अब उनिहरु लाइ श्रमिक र मजदुरको कुनै आवश्यकता नै पर्दैन ।
७, राजनितीक दल हरु लाइ पनि खाडीमा रहेका श्रमिकको कुनै आश छैन किनभने खाडिका मजदुर हरुले उनिहरुलाइ पनि लाखौं अनुदान दिन सक्दैनन तसर्थ उनीहरुको पनि ध्यान यतातिर नपरेको हुनुपर्छ तसर्थ पनि अहिले उद्वारको नाममा भएको श्रमिक माथीको लूट बारेमा उनिहरु मौन छन ।
यस्ले के कुराको पुष्टि गर्छ भने श्रमिकहरु बारेमा कोहि पनि गम्भीर छैनन अब श्रमिक आफै नै अगाडी बढनुको विकल्प छैन तसर्थ म सम्पुर्णमा यहि अनुरोध गर्न चाहान्छु आउनुहोस् तपाईं हामी सबै मिलेर अलपत्र श्रमिकलाइ उद्वार गर्न हरेक प्रवासी नेपाली हरुले एक जना बराबर आफु रहेको देशको १० रुपैया जम्मा गरौं र अलपत्र दाजुभाइ दिदिबहिनी हरुलाइ स्वदेश फर्काउने अभियान संचालन गरौ किनभने आफ्नै दाजुभाइ दिदिबहिनी हरु नाजुक अवस्थामा छ्टपटिएको कति दिन हेर्ने त्यो पिडा कति दिन सम्म चुपचाप सुन्ने अब आफै लागी परौ केहि त गरौँ ।