समस्यामा रहेका साउदी अरबबाट २ सय ४७ नेपाली आइपुगे बिमानस्थल।

172Shares

काठमाडौं ०७ असार /विभिन्न देशमा अलपत्र परेका नेपाली कामदार लाई उद्धार कार्य केहि दिन देखि नेपाल सरकार द्वारा तिब्रगतिमा भैरहेको छ खाडी मुलुक देखि अन्य देशमा बाट पनि आफ्ना नागरिकलाई स्वदेश फर्काउने काम भैरहेको छ रोजगारीको प्रमुख गन्तव्य खाडीमुलुक साउदी अरबमा करार अवधि सकिएर बसेका र कोरोना भाइरस ( कोभिड-१९) का समस्यामा परेका २ सय ४७ नेपाली स्वेदश आइपुगेको छ । नेपाल एयरलाइन्सको उडान नं RA २१९२ चार्टर जहाज मार्फत काठमाडौं आइपुगेको छ । विगत ६ महिनादेखि नेपाली राजदुतावासको सेल्टरमा रहेका ४ महिला सहित १२ जना पनि नेपाल फर्किएको दूतावासले जानकारी दिएको छ । आज स्वदेश फर्किएका सबैलाई साउदी अरबका लागि नेपाली राजदूत प्रा.डा महेन्द्र प्रसाद सिंह राजपुत र नेपाली दूतावासका कर्मचारीहरुले साउदीको रियाद बिमानस्थलबाट बिदा गरेका हुन् । त्यस्तै यसअघि साउदीको दमामबाट हिमायल एयरलाइन्सले पनि समस्या परेका नेपालीको उद्धार गरेको थियो ।त्यस्तै आजै युएईको आबुधाबीबाट १ सय ५२ जना यात्रु बोकेर हिमालय एयरलाइन्सको चार्टर जहाज काठमाडौंको लागि उडिसकेको छ ।

172Shares